इमेज सहकारीका संस्थापक नेपालीसहित सात जना अध्यागमनको निशानामा

आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्षसहित संचालकहरुलाई गृहमन्त्रालय सिमा तथा अध्यागमन शाखाले यात्रा रद्द गर्नका लागि पत्रचार गरेको छ ।

बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय बागलुङको आग्रहमा अध्यागमन विभागले सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक तथा ढोरपाटन नगरपालिकाका निवर्तमान वडा अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र सदस्य झगबहादुर शाहीको यात्रा रद्द गर्न सबै निकायलाई पत्रचार गरेको छ ।

निगमले भागेर विदेश पलायन हुन सक्ने भन्दै उनीहरुको यात्रा रद्द गर्न पत्राचार गरेको हो । नेपालीसहितका जिम्मेवार व्यक्तिहरु सम्पर्कविहिन भएपछि बचतकर्ताहरु यतिबेला तनावमा छन् । नेपाली फरार भएपछि बचतकर्ताले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बागलुङ आइतबार रातिसम्म धर्ना दिएका थिए ।

रकम हिनामिना भएको थाहा पाएपछि वैशाख पहिलो सातानै बचतकर्ताले सहकारीमा धर्ना दिएका थिए । त्यस बेला संस्थापक अध्यक्ष नेपालीले आफ्नो सम्पत्ति बेचेर भए पनि बचत फिर्ता गर्ने बताउनु भएको थियो । तर चार दिनदेखि उहाँनै सम्पर्कविहीन भएपछि बचतकर्ताले संस्थाका कर्मचारी लालमती मगरलाई कारबाहीको मागसमेत गरेका छन् ।

इमेज सहकारीको वित्तीय अवस्थाको यथार्थ जानकारी लिई बचत फिर्ताका लागि आवश्यक पहलकमदी गर्न सहकारी रजिष्ट्रारको कार्यालयले पोखराले आजदेखि काम थाल्ने भएको छ ।
कार्यालयमा बचतकर्ताहरुले हिजो निवेदन दिनु भएको छ, हामीले आजदेखि संस्थाको यथार्थ अवस्था पत्ता लगाई संस्थापक अध्यक्ष र सञ्चालकहरुको जग्गा रोक्का राख्ने, उनीहरुको बैंक खाता रोक्का राख्ने देखि आवश्यक प्रक्रिया अगाडि बढाउछौ, रजिष्ट्रार रोशन अर्यालले भन्नुभयो,–‘बचतकर्ताको रकम डुब्न नदिनका लागि आवश्यक सबै प्रक्रिया अगाडि बढाउछौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *