प्रभातलाई रिहा गर्न माग गर्दै बागलुङमा प्रर्दशन

आदर्श अनलाइन, बागलुङ
जबरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा म्याग्दी प्रहरीको हिरासतमा रहेका बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका २३ वर्षिय प्रभात बसेललाई निसर्त रिहाईको माग गर्दै बिहिबार बागलुङ बजारमा विरोध प्रर्दशन गरिएको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कबाट शुरु भएको विरोध ¥यालीले बजारका विभिन्न भाग परिक्रममा गरेको थियो । म्याग्दीकी गैरदलित युवतीसंग भागी विवाह गरेका भल्गर तथा मोटरसाइकल राइडर समेत रहेका बसेललाई प्रहरीले गत जेठ ७ गते पोखराबाट पक्राउ गरेको थियो ।

बागलुङका दलित अगुवा र बसेलका आफन्तले अन्तरजातिय विवाह गरेकै कारण केटी पक्षबाट झुठा मुद्दा लगाएर बसेललाई फसाउन खोजेको भन्दै निसर्त रिहाईको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । दलित अगुवाले घटनाको निष्पक्ष छानवीन गरी न्याय दिलाउने वातावरण सिर्जना गर्न समेत माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरका अनुसार, बसेलविरुद्व एक युवतीले जर्बजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धि किटानी जोहरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *