पत्रकारको शुद्धिकरण प्रेस चौतारीको अभियान : अध्यक्ष बस्नेत


आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले काम नगर्ने तर पत्रकारको सदस्यता लिइराख्ने पत्रकारलाई अब बिदा गर्नुपर्ने आवश्यक रहेको छ ।



नेपाल पत्रकार महासंघको शुद्धिकरणको अभियान चलाउन प्रस्तावक प्रेस चौतारी भएको बताउदै प्रेस चौतारी विशुद्ध पत्रकारहरुको संगठन भएको बताउनुभयो । प्रेस चौतारी बागलुङको १९ औं साधारणसभा तथा सातौ विशेष अभिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताउनुभएको हो ।



“पत्रकारिता गर्ने मात्रै पत्रकार हुन आवश्यक छ, शुद्धिकरण अभियान थाल्नु पर्दछ भन्ने प्रस्ताव सुर्खेतमा लैजाने मै हु, कतिले खुट्टा कमाइराखेका छन्, १५ बुँदे कार्यविधिले जुन पत्रकारलाई चिन्छ उ नै पत्रकार हो” अध्यक्ष बस्नेतले भन्नुभयो “अब सोसल मिडियामा समेत सक्रियता जनाउन आवश्यक छ पत्रकारले, अब पत्रकारिता गर्नेले पत्रकारको सदस्यता लिने व्यवसाय गर्ने, ठेक्का पट्टा गर्ने नेताहरुलाई उतै पठाउने पत्रकार महासंघले अहिले चौतारीको अभियान बोकेर हिडेको छ ।”



कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिल बहादुर थापा, पोलिटव्यूरो सदस्य मन कुमारी केसी, एमालेका केन्द्रिय सदस्य डा. सुर्य पाठक, प्रेस चौतारीका महासचिव हिरामान लामा, प्रेस चौतारी गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, प्रेस चौतारी गण्डकी प्रदेश इन्चार्ज सुस्मा पौडेल, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारी, प्रेस युनियन बागलुङका उपाध्यक्ष संघम घर्ती मगर, प्रगतीशिल पत्रकारका सल्लाहकार किरण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेय, प्रेस चौतारी गण्डकी प्रदेश सह–इन्चार्जहरु एम्बी आस्था, गणेश पौडेल,गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्मा, सचिव आश गुरुङ र कोषाध्यक्ष भविस्वर पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।



कार्यक्रम कार्यबाहक अध्यक्ष सृजना पन्तको अध्यक्षता, सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *