पत्रकार महासंघको सदस्यता : मापदण्ड पालना प्रेस चौतारीको बटमलाइन

आदर्श अनलाइन, काठमाडौं
प्रेस चौतारी नेपालले पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा मापदण्डभन्दा बाहिर नजाने चौतारीको बटम लाइन भएको जनाएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्ड भन्दा बाहिर एकजना पनि पर्नु नहुने स्पष्ट पार्नुभएको छ । ‘यो प्रेस चौतारी नेपालको बटमलाइन हो’, बस्नेतले भन्नुभयो ।

प्रेस चौतारीले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता दिने काम नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार जस्ताको तस्तै कार्यान्वयनका लागि ४ उपाध्यक्षलाई जिम्मेवारी तोकेको छ ।

उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको जिम्मेवारी गणेश पाण्डेले प्राप्त गर्नुभएको छ । निर्णय कार्यान्वयनको लागि सहयोग, सहजीकरण र दबाब सिर्जनाको लागि कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन चौधरीलाई जिम्मेवारी दिइएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

यसैगरी कर्णाली, सुदूरपश्चिम प्रदेश हेर्न राजेश राईलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेश र वाग्मती प्रदेशमा चौतारीले उपाध्यक्ष देवीका जिएम गुरुङलाई तोकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *