फुलमाया माझीको बलात्कार र हत्या गर्नेलाई जन्मकैद फैसला


आदर्श अनलाइन, बागलुङ

४० वर्षीया महिलालाई क्रुर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फुलमाया माझीलाई क्रुर हत्या पश्चात बलात्कार गरी गरगहना समेत लुटपाट गरेको आरोपमा पक्राउ गरेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।

माझीलाई सलको पासो लगाएर हत्या गरेको, हत्यापछि समेत बलात्कार गरेको र सुनका गरगहना लुट्ने अधिकारीलाई जन्म कैद सुनाइएको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको इजलाशले जन्मकैद फैसला गरेको इजलाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो । २०७९ असोज ३० गते विहान घरबाट ज्यालामजदुरी गर्न निस्किएकी फुलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला पर्नुभएको थियो ।

अनुसन्धानको क्रममा सिसि टिभि फुटेजलाई आधार मान्दा संकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटको लागि फुलमायाको हत्या गरेपनि हत्यापछि आवेगमा बलात्कार समेत गरेको स्विकार गरेका थिए ।

प्रहरीले २०७९ कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *