‘पुन’ थर भएकालाई मगर जातिभित्र समावेश गर्न माग गर्दै ज्ञापन पत्र

आदर्श अनलाइन, बागलुङ
नेपाल मगर संघ बागलुङले गलत तयाङ्क सच्याउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मार्फत राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौंलाई ज्ञापन पत्र पठाएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्याम पुनले प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै जेठ १९ गते राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको जाति, भाषा र धर्म सम्बन्धीको तथ्याङ्क प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले सबैभन्दा धेरै जनसंख्यामा रहेको आदिवासी मगर जातभित्रको प्रमुख थर ‘पुन’ भएपनि तथ्याङ्क कार्यालय सार्वजनिक गरेको तथ्याङ्कमा गम्भिर त्रुटि भएको भन्दै पटक पटक सच्याउँनको लागि आग्रह गर्दा समेत परामर्श नगरिएको बताउनुभयो ।

हालसम्म एकढिक्का रहेको मगर जातलाई फुटाउने दुरासयाले पुनको संख्या छुट्टै निकालिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री मातहतको निकायबाट भएको गम्भिर त्रुटिले आफ्नो समुदायमा भौतिक, मानसिक र नैतिक समस्या सृजना भएको ज्ञापन पत्रमा उल्लेख छ । मिलेर बसेको मगर समुदायमा द्वन्द्वको विजारोपण भएको भन्दै तत्काल सच्याउन माग गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको विषय ३ दिनभित्र नसच्याए सशत्त आन्दोलनको विकल्प नरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ श्रेष्ठले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र पठाईदिने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *