प्रभात बोसेललाई धरौटीमा रिहा गर्न आदेश

अमृत बास्कुने, म्याग्दी
बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई जिल्ला अदालत म्याग्दीले दुई लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

म्याग्दीकी एक युवतीले अपहरण तथा शरीर बन्धक गरेको भन्दै जेठ २ गते दिएको उजुरीका आधारमा जेठ ७ गते कास्कीबाट गिरफ्तार गरिएका बोसेललाई जिल्ला न्यायाधिश कृष्णप्रसाद शर्मा नेपालको इजालसले धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो ।

मुलुकी अपराध संहिता–२०७४ को दफा ७२ समेतलाई दृष्टिगत गरी दफा ६८ बमोजिम उक्त रकम धरौटी लिएर तारेखमा छाड्ने र यदी धरौटी नराखेमा थुनामा पठाउने आदेश भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *