शैक्षिक गुणस्तर बढाउन ‘अतिथि शिक्षक’

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरले शिक्षाको सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाढी ल्याएको छ । शिक्षा विज्ञहरुबाट शिक्षा संवाद गरेर सुझाव संकलन गरेको नगरपालिकाले पुन अतिथि शिक्षकको अवधारणा लागु गरिएको छ । शिक्षण पद्दती र सिकाईका विषयमा एक विद्यालय–विद्यालयबीच अनुभव आदन प्रदान गर्ने उदेश्यले बागलुङ नगरपालिकाले नगरका विद्यालयमा अतिथि शिक्षक कार्यक्रम लागु गरेको छ ।

शिक्षकहरुले एउटै विद्यालयमा अध्यापन गराईरहदा नयाँ शिकाई पद्दतीको आदान प्रदान नभएको भन्दै नगरपालिकाले एक विद्यालयको शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रुपमा पठाउन थालेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकहरुलाई अतिथि शिक्षकको रुपमा नियुक्ती दिएर विद्यालयमा पठाएको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले जानकारी दिनुभयो । नगरले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई अतिथि शिक्षकको रुपमा अर्को विद्यालयमा पठाएको छ । शैक्षिक अनुभव तथा शिक्षण क्रियाकलापको अनुभव बढाउनका लागि र अन्तरविद्यालय बीचको सम्बन्ध बढाउन अतिथि शिक्षक कार्यक्रम लागु गरिएको हो ।

“जुन विद्यालयमा अध्यापन गर्छन उनिहरुले दैनिक आफ्ना विद्यार्थीलाई कसरी पढाउने बाहेक अन्य कुरा सोच्दैनन, आफ्नो विद्यालयको शैक्षिक सुधार कसरी गर्ने भन्ने मात्र चिन्ता हुन्छ, यो परम्परा तोडेर अन्य विद्यालयमा समेत पढाउन पठाउदा विद्यालर्थीले नयाँ शिक्षकबाट नयाँ कुरा सिक्ने र शिक्षक–शिक्षक बीच समेत अनभुव आदान प्रदान हुनेछ” पोख्रेलले भन्नुभयो “जुन विद्यालयमा नियुक्त भयो त्यही विद्यालयबाट अवकास हुने पनि धेरै छन, आफ्ना सिप र अनुभवहरु वर्षौ सम्म एउटै विद्यालयमा उनै विद्यार्थीलाई बाँढ्ने बाहेक केही हुँदैन त्यसैले अर्को विद्यालयमा पुगेर आफ्नो ज्ञान सिप र शैली बाढ्दा शैक्षिक गुणस्तरमा वृद्ध हुनेछ ।”

बागलुङ नगरपालिकाले एउटा विद्यालयको शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकको रुपमा पठाउन थालेको हो । नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षक वर्षको २ अतिथि शिक्षकको रुपमा अर्को विद्यालयमा पठाउन थालेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले असार महिना भित्र नगरका सबै विद्यालयमा अतिथि शिक्षकलाई पढाएर प्रतिवेदन ल्याउन भन्दै सम्बन्धीत विद्यालयमा नियुक्ती पत्र नै दिएर खटाएको छ ।

एउटा विद्यालयमा पढाउने शिक्षकको ज्ञान सिप र शैली अर्को विद्यालयका विद्यार्थीले प्राप्त गर्ने भएका कायरण अतिथि शिक्षक कार्यक्रम सञ्चालनमा ल्याइएको छ । “कार्यक्रममा एक दिन आफ्नो विद्यलायमा आएको अतिथि शिक्षकले अध्यापन गराएको अवलोकन गर्ने र अर्को दिन अतिथि शिक्षक भएर आएको विद्यालयमा आफू अतिथि शिक्षकको रुपमा पढाउन जाने कार्यक्रम हो” श्रेष्ठले भन्नुभयो “चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत नै यो कार्यक्रम ल्याएका थियौ, असारमा लागु गरिएको छ, यो वर्ष गणीत विषयमा मात्रै अतिथि शिक्षक लागु गरिएको छ, आगमी वर्ष सबै विषयमा अतिथि शिक्षक लागू गरिने छ ।”

शिक्षक विद्यार्थीहरुलाई फरक–फरक शिक्षक र शिक्षण शैलीको अनुभव गराउन र शिक्षकहरु विच सिकाई अनुभव आदान प्रदान गर्ने मुल उद्देश्यले अतिथि शिक्षक कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम माफर्त विद्यालयको शिक्षण शैली र सिकाई अनुभवलाई थप प्रभावकारी बन्ने विश्वास नगरपालिकाले ल्याएको छ ।
राम्रा अभ्यासको अबलम्बनको लागि विद्यालयलाई जागरुक बनाउनु तथा विद्यार्थी विचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले अतिगि शिक्षक कार्यक्रम संचालन गरिएको हो । विद्यार्थीहरुको पढाईप्रति स्वउत्प्रेरणा जगाउनुका साथै विद्यालयले अपलम्बन गरेको राम्रो अभ्यासको पालिका भरका स्कुलमा लागु गर्ने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका हरेक विषयका विषयगत शिक्षकहरुले अब अन्य विद्यालयमा पुगेर अनिवार्य रुपमा कक्षा संचालन गर्नुपर्ने नगरपालिकाका शिक्षा अधिकृत गौरव राना मगरले बताउनुभयो । कक्षा संचालन गर्दा जुन विद्यालयमा जुन विषयको शिक्षक पुग्छ सोही विषयको शिक्षकले विद्यार्थी सँगै अतिथि शिक्षकको अनुभव सिक्ने छ ।

नगरपालिकाले पहिलो चरणमा गणित, विज्ञान, अंगेजी र नेपाली विषयबाट सुरुवात गरेको रानाले बताउनुभयो । नगर क्षेत्र भित्रका २४ वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विद्यालयमा उक्त कार्यक्रम संचालन गरिएको छ ।

कक्षा संचालन जुन विद्यालयको विषयगत शिक्षकले कक्षा जहाँ पु¥याएको छ त्यहीबाट संचालन गरिनेछ । शिक्षकहरुले अर्को विद्यालय जाँदा आफ्नो विद्यालयले अबलम्बन गरेको असल अभ्यासको बारेमा प्रध्यानध्यापक तथा विषयगत शिक्षकलाई जानकारी दिनेछन् भने आफुले अध्यापन गरेको पाठको पाठयोजना सहितको प्रतिवेदन विद्यालयमा र शिक्षा शाखामा बुझाउनुपर्नेछ ।

निजी विद्यालय र सामुदायिक विद्यालयको अनुभव समेत आदान प्रदान गर्दा गुणस्तरीय शिक्षामा जोड पुग्ने नगरपालिकाको भनाई छ । नगरपालिकाले एक विद्यार्थी एक डेक्स कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ । बागलुङ नगरपालिकामा ८४ वटा सामुदायिक विद्यालय र १८ वटा संस्था माध्यामिक विद्यालय छन । अतिथि शिक्षक कार्यक्रममा हरेक विद्यालयका प्रध्यानध्यापकलाई अनुगमन कर्ताको रुपमा खटाउने नगरपालिकाले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *