सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार

आदर्श अनलाइन, बागलुङ
सुत्केरी हुन नसकेपछि निसीखोलाकी एक युवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति हुन नसकेपछि हेलिकप्टर मार्फत पोखरा लगिएको हो ।

सुनार घरमै सुत्केरी ब्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनु भएको थियो । स्वास्थ्य केन्द्रमा पनि सोमबार दिउसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु यअरको हेलिकप्टरमार्फत पोखरा स्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तरग सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टर मार्फत उद्धार भएको हो ।

सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको थापाको भनाइ छ । उहाँको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनु पर्ने हुँदा पोखरा पाठाइएको थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *