श्रीनगरटोलको एक रेष्टुरेण्टमा आगलागी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका –२ श्रीनगरटोलको एक रेष्टुरेन्ट नजिक आगलागी भएको छ । मंगलबार विहान ३ बजे काठेखोला गाउँपालिका–८ लेखानी घर भएका भक्त बहादुर क्षेत्रीले संचालन गरेको एञ्जिला तन्दुरी रेष्टुरेण्टमा छेउमा राखिएको दाउरामा आगलागी भएको हो ।

आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । ब्लक र जस्तापातले बनाइएको एक तले घरमा राखिएको दाउरामा अचनाक आगलागी भएको उहाँको भनाइ छ ।

आगलागीमा ७० हजार बराबरको क्षति भएको सूचना अधिकारी केसीले बताउनुभयो । आगो बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आधा घण्टामा नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *