जब चन्द्रदत्त २४ वर्षपछि घर फर्किए…

आदर्श अनलाइन, बागलुङ
बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले आश मारिसकेको कान्छो छोरा २४ वर्षपछि घर फर्केपछि हर्षका आाशु झार्नुभयो । “मैले त कान्छो छोराको आश मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो त्यसपछि अत्तो पत्तो भएन” आमा रेग्मीले भावविहोल हुँदै भन्नुभयो “छोरा २४ वर्षपछि घर फर्कदा बुढेसकालको सहारा हुने भएको छ ।”

वि.स. २०५६ साल माघमा घर छोडेर जानुभएका चन्द्रदत्त रेग्मी २४ वर्षपछि घर फर्किनुभएको छ । २०५६ सालमा रोजगारीका लागि बेलायत जानुभएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाण्डौबाट उद्दार गरी ल्याइएको हो । बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसक्नुभएका चन्द्रदत्त २४ वर्षपछि घरमा आउदा परिवारमा खुसीयाली छाएको छ ।

बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ बर्षिय चन्द्रदत्त रेग्मी बेलायतमा धन सम्पती जोडेर नेपाल आउन चाहेपनि बेलायती पिआर नबनेपछि उहाँ परिवारको सम्पर्कनमा नआएका हुन् । चन्द्रदत्त घर फकिए सँगै ८७ बर्षिया आमा चिरिञ्जीवी रेग्मीको खुसीको सिमा रहेन । घरको कान्छो छोरा बुढेसकालको साहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँशु बर्षिएका छन् ।

बेलायमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदक्त घर नफर्केर पुन कामका लागि विभन्न जिल्लामा भौतारिनुभएको थियो । बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै रेग्मी नेपाल आएको भएपनि धन कमाउन नसकेको भन्दै विभिन्न जिल्लामा काम गरेर बसेको पाइएको र २४ वर्ष पछि मात्रै सम्पर्कमा आउनुभएको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

“विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोच पछि काठमाण्डौ सँगै हेटौडा, सल्यान, प्युठान लगायतका विभिन्न ठाउँमा काम गर्दे आउनुभएको रैछ” वडा अध्यक्ष पौडेलले भन्नुभयो “काठमाण्डौ अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौडाको थाहा नगरपालिका वडा नं. १ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनि परिवारको सम्पर्कमा ल्याइएको हो ।”

चन्द्रदत्तका दाजु लेखनाथ शर्माले सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए । वडा अध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सवै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौबाट घरमा ल्याएका हुन ।

“हाम्रो परिवारलाई भाई जिउँदो छ भन्ने झिनो आशा मात्रै थियो तर अहिले घर फर्कदा खुसी लागेको छ” दाजु लेखनाथ शर्माले भन्नुभयो “धेरै ठाउँमा भाईको विषयमा सोधखोज गरेका थियौ, तर कुनै अत्तो पत्तो भएन, आशा नै मारेर बसेका थियौं, आफुले विदाई गरेर विदेश पठाएको भाई नफर्किदा यही कुराले पिरोलेको थिया, भाई फर्किएर आयो हाम्रो परिवारमा ठुलो खुसी छाएको छ ।”

कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानु अगाडी लामो समय काठमाडौमै कानुन व्यसायीको फर्ममा काम गर्नुभएको थियो । परिवारमा चार भाईका कान्छा छोरा चन्द्रदत्त गाउँफर्किएपछि गाउँलेहरुले नै खुसी साटेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *