‘अभिभावकले ख्याल नगर्दा किशोर किशोरी लागू औषध दुर्व्यसनमा फस्दै गए’

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले पछिल्लो समय किशोरकिशोरी लागू औषध दुर्व्यसनीमा फस्दै गएको बताउनु भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम शुभारम्भ गर्दै उहाँले अभिभावकले बालबालिकाको क्रियाकलापप्रति चासो नदिँदा लागू औषध दुर्व्यसनीमा फस्ने गरेको बताउनुभयो ।

प्रमुख श्रेष्ठले भन्नुभयो – ‘हाम्रो समाजमा अहिले लागू औषध दुर्व्यसनको अवस्था भयानक छ, युवादेखि बालबालिकासम्म दुव्र्यसनमा फस्ने खतरा बढेको छ, महिलासमेत लागू औषध दुर्व्यसनमा फसिरहेका छन्, सबैले आ–आफ्नो स्थानबाट न्यूनिकरणका लागि ध्यान दिन जरुरी छ ।’

उहाँले किशोर किशोरीहरु लागु औषध दुव्र्यसन तथा ओसारपसारमा संलग्न हुनु दुःखद रहेको बताउनुभयो । धेरै जसो गाउँदेखि बजार आएर बस्नेहरुको युवायुवती दुर्व्यसनमा फस्ने गरेको उहाँको भनाइ छ । आर्थिक अवस्थाका कारण आफ्नो बालबालिकालाई ध्यान दिन नसक्दा बालबालिकाहरु दुर्व्यसनमा लागेको र दुव्र्यसनबाट जोगाउन आफ्ना बालबालिकाको रेखदेखमा जोड दिनु पर्ने श्रेष्ठ बताउनुहुन्छ ।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्माले पछिल्लो समय गाउँघरमा किशोर किशोरीहरु गाँजा, चुरोट र रक्सीको लतमा फस्दै गएको बताए । किशोर किशोरीहरु रक्सी, चुरोट र गाँजा खाएर झुमिएको देखिने भन्दै किशोरावस्थामा नै गाँजा, चुरोट र रक्सीको लतमा फस्नु दुःखद हो भएको उहाँको भनाइ छ ।

पूर्व दुर्व्यसनी सन्तोष गुरुङले आफ्ना किशोर किशोरीहरुलाई लागू औषध दुर्व्यसनबाट जोगाउन अभिभावकले ध्यान दिनु पर्ने बताउनुभयो । लामो समयको दुव्र्यसनबाट बाहिर निस्केर पुर्नजीवन पाएको उल्लेख गर्दै उनले सुन्दर भविष्यको लागि दुर्व्यसनबाट टाढै रहनु पर्ने उहाँको भनाइ छ ।

‘आफ्ना छोरा छोरीले के गरिरहेको छ त्यो कुरामा अभिभावकले ध्यान पुर्याउनु पर्छ’ उहाँले भन्नुभयो – ‘छोराछोरीको ध्यान पुर्याउन नसक्दा दुर्व्यसनमा फस्न सक्छन् ।’

सहायक प्रमुख जिल्ला अधिकार चित्राङ्गत बरालले लागू औषध नियन्त्रणमा सुरक्षा निकाय, संघ, प्रदेश र स्थानीय तहको भूमिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले लागू औषध दुव्र्यसन सम्बन्धी कानुनी व्यवस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागिहरुले लागू औषध दुव्र्यसनको अवस्था, रोकथाम तथा नियन्त्रणका उपाय लगायतको विषय स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *