जैमिनीको नीति तथा कार्यक्रम : घरघरमा स्वास्थ्य सेवादेखि बालबालिकाको निःशुल्क बैंक खाता खोल्नेसम्म

डम्मर बुढा मगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाले ‘घरघरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ देखि विभिन्न रोग लागेका नागरिकको समुदाय स्तरमा पुगेर तथ्याङ्क सकंलन गर्ने, बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

नगरपालिका भित्र थुप्रै नागरिक नागरिक बिरामी भएर पनि अस्पतालसम्म पुग्न नसकेको भन्दै अब बिरामीको घरमै पुगेर उपचार गरिने नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले टेलिमेडिसिन (प्रबिधिमैत्री उपचार सेवा) कार्यक्रममार्फत नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य संस्थाप्रबिधियुक्त बनाइने बताउनुभयो ।

“नगरपालिकाले एउटा नयाँ कार्यक्रम ल्याएको छ, अब नागरिक बिरामी हुँदा बित्तिकै अस्पताल पुग्नु पर्ने छैन, स्वास्थ्यकर्मीले घरमै गएर उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने र औषधीसमेत वितरण गर्ने व्यवस्था गर्दैछौँ, स्वास्थ्य क्षेत्रलाई प्रबिधिमैत्री पनि बनाउँदै छौँ,” उपप्रमुख शर्माले भन्नुभयो – “अर्को अभ्यास पनि के गर्दै छौँ भने बिरामीले डाक्टरलाई फोन कल अथवा भिडियो कल गरेर स्वास्थ्य परामर्श लिने तथा उपचार गर्ने गरि योजना बनाएका छौँ ।”

सबै स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरुको पद पूर्ति गर्ने र शहरी स्वास्थ्य केन्द्रलाई आधारभुत स्वास्थ्य केन्द्रमा स्तरोन्नति गर्नुे, सड्क दुर्घटनाबाट घाइतेहरुका लागि उपचार सेवा पुर्याउन कालिगण्डकी करिडोर क्षेत्रमा सडक सहरी स्वास्थ्य केन्द्र स्थापना गरिने उहाँको भनाइ ।

उपप्रमुख शर्माले गर्भको जटिलता पहिचान गरी आवश्यकता अनुसार प्रेषण गर्न घुम्ति सेवा मार्फत गर्भवतीका लागि ग्रामीण भिडियो एक्सरे सेवालाई निरन्तरता दिँदै गर्भवती आमा र गर्भको बच्चा जोखिममा परी अस्पतालसम्म पठाउनु गर्नु परेमा आकस्मिक यातायात खर्च दिने व्यवस्था गरेको बताउनुभयो । नागरिकहरुको स्वास्थ्य उपचारलाई सरल, र नागरिकको सहज पहुँचका लागि जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने उहाँको भनाइ छ ।

‘गाउँमै बसौँ, गाउँमै रमाऔँ’ कार्यक्रम संचालन गरि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्दै बढीभन्दा बढी बाँझो जग्गामा खेति गर्ने कृषकलाई प्रोत्साहन गर्ने र बाँदरको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधान खोजिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई प्रवद्र्धन गर्न कृषि मेला प्रदर्शनी गरिने भएको छ ।

कृषकहरुको बालीमा आकस्मिक प्राकृतिक प्रकोप वा अन्य कारणले क्षती भएमा राहतको लागि कृषक राहत तथा विपद् व्यवस्थापन गर्न ‘कृषक राहत कोष’ स्थापना गरि प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा समावेश छ । ‘जैमिनी जाऔँ अर्गानिकतासँग र माऔँ’ कार्यक्रम अन्तरगत अर्गानिक खेती प्रणाली तर्फ कृषकलाई आकर्षित गर्दै वातावरणमैत्री नमुना गाउँ निर्माण गर्ने गरिने भएको छ ।

शिक्षा तर्फ पढ्दै कमाउँदैको अवधारणालाई अगाडि बढाउनका लागि एक विद्यालय एक उत्पादन र विद्यालयमा करेसाबारीको व्यवस्था मिलाउने नीति कार्यक्रममा समावेश छ । सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा उत्कृष्ट उद्यमी अभिभावक सम्मान कार्यक्रम गर्ने व्यवस्था प्रभावकारी बनाइने भएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्यांक संकलन गरि अनिवार्य रुपमा विद्यालयमा भर्नासहित निःशुल्क र अनिवार्य शिक्षाको प्रत्याभूति गराउने र नगरपालिकाले सबै बालबालिकाहरुको बैंक खाता खोलिदिने भएको छ ।

जैमिनी नगरपालिका भित्रका शिक्षकहरु बीच अनुभव, सिप, क्षमता र सिकाईका विधि एवम् प्रबिधिको साटासाट गरि विद्यालयहरुमा उच्च सिकाइ उपलबधी हाँसिल गर्न पाहुना शिक्षक कार्यक्रमलाई अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाबाट प्रवाह भएका सेवा सुविधाहरु र संचालित योजनाहरुबाट नागरिकहरु सन्तुष्ट भए नभएको मापन गर्न नागरिक सन्तुष्टि मापन सर्भे गर्ने नीतिसमेत नगरपालिकाले ल्याएको छ ।

नगरपालिकाको अगुवाईमा जिल्लास्तरीय न्यायीक समम्मेलन गर्नेसमेत नीति तथा कार्यक्रममा समावेश भएको छ । नगरपालिकाको १३ औँ नगरसभामा नगरप्रमुख नरबहादुर पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *