आदर्शकर्मी बुढा मगरसहित सात पत्रकार पुरस्कृत


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेट बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डट कमका संवाददाता डम्मर बुढा मगरसहित बागलुङका सात जना पत्रकार पुरस्कृत हुनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङको ८ औं जिल्ला अधिवेशनका अवसरमा बुढा मगर सहित सात जना क्रिर्याशिल पत्रकारहरुलाई नगद सहित पुरस्किृत गरिएको हो । नारायण मानकुमारी पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार र तारादेवि चुर्णमानसिंह पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका हुन् ।

डम्बर बुढा मगर नगद रु. १० हजार सहित तारादेवि चुर्णमानसिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

यस्तै सोही पुरस्काबाट पत्रकार प्रदिप पन्त पुरस्कृत हुनुभएको छ । यस्तै नारायण मानकुमारी पत्रकारिता पुरस्कारबाट पत्रकार संगम घर्तीमगर, सुवास आचार्य, नारायण रिजाल, सर्मिला बस्नेत र छविलाव पाण्डे पुरस्किृत हुनुभएको नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्ती मगरले बताउनुभयो ।

उक्त पुरस्कार २०७५ सालदेखि २०८० साल सम्म वर्षमा एक जनालाई रु. १० हजारका दरले पुरस्कार एक मुष्ट प्रदान गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *