ढोरपाटनमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका –५ मा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
शनिबार राति वर्षासँगै परेको चट्याङले ढोरपाटन नगरपालिका –५ पाखापानीका एकैघरका दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार स्थानीय चित्रबहादुर विकको घरमा शनिबार राति ८ः३० बजे चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो भने चट्याङ लागेर बालबालिकाको आमा यमकुमारी विक घाइते हुनुभएको छ । केसीका अनुसार रातभर ठूलो पानी परेकाले घटनास्थलतर्फ प्रहरी गइसकेको भएपनि थप विवरण आउन बाँकी रहेको छ । चट्याङले घर नजिकै बाँधेको एक भैसी समेत मरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *