सडकले मासिदै वर, पिपल र चौतारा


खेमराज गौतम, बागलुङ
१५० वर्ष पुरानो चौतारी संगै वर र पिपल यसै साता सडक बिस्तारका क्रममा ढले । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेकोे उक्त चौतारीे यस क्षेत्रकै पुरानो थियो ।

१५० वर्ष अघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वर पिपल लगाएको बागलुङ नगरपालिका–१ रामरेखाका ८७ वर्षिय दुर्गा बहादुर आचार्यले स्मरण गर्नुहुन्छ । उहाँले १५० वर्ष पुरानो पुर्खाको सम्झाना सडक विस्तारका क्रममा ढलेको बताउनुहुन्छ ।

अहिले बाङ्गेचौर देखि उपल्लाचौर जाने सडक बिस्तारको काम भइरहेको छ । उक्त सडक मापदण्ड अनुसार उपल्लोचौर सम्म मात्रै विस्तार भए एक दर्जन चौतारी संगै चौतारीका वर र पिपलहरु मासिनेछन् । अहिले रामरेखा मात्रै हैन नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पूर्खाका सम्पतीको रुपमा रहेका चौतारी र वर, पिपल मासिने अवस्थामा पुगेको आचार्यको भनाई छ ।

“राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पुर्खाको सम्पती मासियो, हाम्रो मात्रै हैन धेरै स्थानका चौतारी मासिएका छन्, वरपिपल ढलेका देखिन्छन्, बातावरणलाई समेत यसले नकरात्मक असर पर्ने देखिन्छ” आचार्यले भन्नुभयो “स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउन आवश्यक छ, अहिले गाउँ–गाउँका सार्वजनिक जग्गामा रहेको चौतारी र पोखरी मासेर यातयातका साधन पार्कीङ गर्ने स्थान बनाइएको छ, अहिले ग्रामिण क्षेत्रमा समेत सडक पु¥याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकरात्मक असर परेको देखिन्छ ।”

ठूला वर पिपलका रुख र चौतारीसंगै रहेका पोखरी मासिदा अहिले पानीका मुलहरु सुक्दै गएको र गर्मी समेत बढ्दै गएको बताउनुभयो । ८७ वर्षीया आचार्यले सार्वजनिक जग्गामा बढी मात्रमा रहेका चौतारी र पोखरीमा अहिले डोजर चलाइएको बताउदै पहिलाको तुलनामा २०५० सालमा बागलुङ जिल्लामा सडक आएसंगै वर तथा पिपलहरु मासिने क्रम रहेको बताउनुभयो ।

गत वर्ष मात्रै बागलुङ नगरपालिका–३ सिम्लेमा बागलुङ बजार देखि सिगाना पु¥याउने सडक विस्तारकै ठूलो पिपलको रुख ढलाइएको थियो । अहिले अजंका ठूला वर तथा पिपलका रुख देख्नै मुस्किल भएको स्थानीयहरु

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *