गठबन्धनको नाममा ऐतिहासिक तमसा देखियो : नेता विष्ट


सुजन रेग्मी, बागलुङ

नेकपा एमालेका सचिव गोकर्ण विष्ठले अहिलेको सरकार गठबन्धनको नाममा ईतिहासमै तमसा देखाउने सरकारको रुपमा देखिएको बताउनुभयो । प्रेस चौतारी बागलुङको आयोजनामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्टले अहिलेको सरकारको बजेट ईतिहासमा पहिलोपटक विकास खर्च भन्दा ऋण भार बढी भएको बजेट आएको बताउनुभयो ।

नेता विष्टले एमाले सरकार बनाउने खेलमा नरहेको स्पष्ट पार्नुभएको थियो । १७ प्रतिशत पूजिखत खर्च गर्ने सरकारबाट विकासको अपेक्षा नरहेको विष्टले पत्रकार सम्मेलनमा बताउनुभयो । देश अघोषित आर्थिक मन्दीमा गईसकेको नेता विष्टले बताउदै अहिलेको सरकारलाई आर्थिक संकटको चिन्ता नरहेको बताउनुभयो । उहाँले चुनाब ताका गरेको बाचा पुरा नगरी गठबन्धन सरकारले जनता लाई घात गरेको जिकिर गर्नुभयो ।

उहाँले आफू श्रममन्त्री रहदा युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात गरेर युवालाइ रोजगार दिएको र युवालाइ बिदेश पलाएन हुन कम गरेको बताउनुभयो । सहकारीको ठगका विषयलाई लिएर बिष्टले जो कोहीलाई समात्न नेकपा एमालेले सरकारलाइ दबाब दिने बताउनुभयो ।

पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सृजना पन्तको अध्यक्षता र सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *