गलकोटमा असारे रोपाई महोत्सव

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिकामा २० औँ असारे रोपाई महोत्सव तथा राष्ट्रिय धान दिवस २०८० मनाईएको छ । जलवायु अनुकुलित, कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धी भन्ने नाराका साथ गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेडको आयोजना, कृषि ज्ञान केन्द्र बागलुङको व्यवस्थापन सहयोग, जिल्ला कृषि सहकारी संघ बागलुङको सहकार्य र गलकोट नगरपालिकाको समन्वयमा गलकोटमा आज २० औँ असारे रोपाई महोत्सव तथा राष्ट्रिय धान दिवस मनाईएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापाले कृषिमा क्रान्ति ल्याउनको लागि १ दिन मात्र दिवस मनाएर नहुने बताउँदै दिनदिनै दिवस मनाउनुपर्ने बताउनुभएको छ । उहाँले जिल्लामा कृषि उत्पादन क्षेत्र घटिरहे पनि यस कार्यक्रमले धान उत्पादन लगायतका क्षेत्रमा सकारात्मक प्रभाव परेको बताउनुभएको छ । उहाँले अहिलेको समय भनेको मानो रोपेर मुरी फलाउने समय भएको बताउँदै जिल्लालाई धान खेतिबाटै आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई, गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापा, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No description available.

र्यक्रम गौमुखी कृषि विकास सहकारीका अध्यक्ष शिव कुमारी खत्रीको अध्यक्षता, उपाध्यक्ष देव बहादुर खत्रीको स्वागत र सचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

ढिलागरी वर्षात भएकोले बागलुङमा असार १४ गतेसम्म २० प्रतिशत मात्रै रोपाइ भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइका अनुसार यो बर्ष ढीलागरी रोपाइ शुरु भएको हो ।
बागलुङको कुल धान खेत रहेको ६ हजार हेक्टर जमिनमध्ये १ हजार २ सय हेक्टरमा मात्रै रोपाई भएको हो । बागलुङमा हाल अधिकांसले परम्परागत धान लगाउने गरेका छन् ।

केही स्थानमा उन्नत जातको धान खेती गरिन्छ । प्रमुख बाली धान भएपनि खडेरीका कारण रोप्ने काम ढिला भएको हो । केही दिनदेखि पानी पर्न थालेकोले असार मसान्त सम्ममा भने अधिकांसले धान रोपिसक्ने उहाँले बताउनुभयो । केन्द्रको तथ्यांक अनुसार बागलुङमा अन्दाजी २० हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । ‘गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जात लगाउने बानी विकास गर्दा अझै बढाउन सकिन्छ’ भट्टराइले भन्नुभयो, ‘धान लगाउने जग्गानै बढी छ, कतिपय स्थानको तथ्यांकै लिइएको छैन ।’

बागलुङको तमानखोला र ताराखोला गाउँपालिकाबाहेक अन्य पालिकामा धेरै क्षेत्र धान लगाउने गरिन्छ । कृषिबाट सिफरिस गरिएका गौरिया, जेठोबुढो, राधा, खुमलटार धान रोपेपनि हालको तथ्यांकमा ५० प्रतिशत उत्पादकत्व बढाउन सकिने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *