मध्यपहाडी बिहुँ खण्ड : सम्झौताको सात वर्ष पछि ठेक्का रद्द


खेमराज गौतम, बागलुङ
ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग अन्र्तगत बिुहँदेखि घोडाबाँधे सम्मको १३ किमि सडक पाँच पटक सम्म म्याद थप कर्दा समेत काम गर्न नसक्ने निर्माण व्यवसायी संगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ ।

पाँच पटक म्याद थप भइसक्दा समेत असार मसान्त सम्म सडक काोपत्रे गर्नुको सट्टा सडक अलपत्र छोडेर हिडेको निर्माण व्यवसायीसंगको सम्झौता रद्द गरिएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये बागलुङ जिल्ला सदरमुकाम खण्ड तर्फको जम्मा २५ किलोमिटर सडक खण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।

मध्यपहाडी पुष्पलाल राजमार्ग अन्र्तगत बागलुङको बिहुँ–घोडाबाँधे खण्डको १२ किमि सडक कालोपत्रेको जिम्मा पाएको सुर्य कन्ट्रक्सन संगको सम्झौता यही साता रद्द गरिएको मध्यपहाडी पुष्पलाल राजमार्ग आोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।

“२०७२ सालमा दुई वर्षलाई ठेक्का सम्झौता भएको थियो, सात वर्ष पुरा भइसक्दा समेत काम भएन, जनताहरुले निरन्तर आन्दोलन गरिरहनुभएको छ, पाँच पटक म्याद थप गर्दा समेत काम नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको छ” अधिकारीले भन्नुभयो “अब बागलुङ देखि बिुहँ सम्मको १३ किमि सडकको समेत ठेक्का सम्झौता रद्द गर्ने प्रकृयामा पुगेका छौं, निर्माण व्यवसायीको चरम लापरर्वाहीका कारण बागलुङको दुर्गम गाउँमा राजमार्गको सडक कालोपत्रे भएपनि जिल्ला सदरमुकाम खण्डको सडक कालोपत्रे नभएर जीर्ण बनेको छ ।” अधिकारीका अनुसार निर्माणव्यवसायी अदालत जाने समय बाँकी रहेको र अदालतबाट समेत ठेक्का रद्दलाई निरन्तरता भए एक वर्ष भित्रै नयाँ ठेक्कामा जाने तयारी गरीएको छ ।

बागलुङ बजार देखि घोडाँबाधे सडकको दुबै खण्डमा गरी १३ किमी सडक कालोपत्रेका लागि पूर्वाधार समेत निर्माण नगरेका कारण असार सम्म म्याद भएका दुबै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रकृया अगाढी बढाइएकोमा उपल्लो खण्ड बिहँु घोडाबाधे सडकको सम्झौता रद्द भइसकेको हो । बिहुँका नागरिकहरुले चरणबद्ध रुपमा निर्माणव्यवसायीका विरुद्धमा चरणबद्ध आन्दोलन गरेपछि आयोजनालाई र सरोकारवाला निकायहरुलाई निर्माण व्यवसायीसंगको ठेक्का रद्द गर्न थप दवाव भएको थियो ।

बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्रेका लागि २०७२ माघमा दुईवर्षमा कालोपत्र सक्नेगरी सुर्य कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको थियो । हाल सम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असारमा पुन सकिएसंगै ठेक्का रद्द गरिएको हो ।

१२ किलोमिटर सडक मध्ये हाल सम्म उपल्लो बिहुँ देखि घोडाँबाधे खण्डमा ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएपनि पाँच पटक म्याद थप्दा समेत छ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी रहेको थियो । उक्त खण्डको पाँच पटक म्याद थप गर्दा समेत जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तिय प्रगती भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

यस्तै उपल्लाचौर देखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवी संग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिले सम्म चार पटक म्याद थप गर्दा समेत बल्ल सात किमि सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किमि सडक कालोपत्रे गर्न बाँकी रहेकाले उक्तखण्डको समेत ठेक्का रद्द गर्नका लागि आयोजनाले प्रकृया थालेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतीक प्रगती र ६९ प्रतिशत आर्थिक प्रगती भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको काम समेत बाँकी छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्र्तरगत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्रे हुन नसक्दा नागरिले सास्ती खेप्नु परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *