इमेज पीडितद्वारा बागलुङमा विरोध प्रदर्शन

आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचतकर्ताले बचत फिर्ताको माग गर्दै ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । बिहीबार बागलुङ बजार हल्लनचोक स्थित सहकारीको कार्यालयबाट सुरु भएको ¥याली टेलिकमरोड, ट्राफिकचोक, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासनमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए । उनीहरुले आफ्नो बचत रकम फिर्ता गर्न, देवकुमार नेपालीलाई गिरफ्तार गर्न नारा लगाएका थिए । फरार नेपालीलाई तत्काल कारबाहीको दायरामा ल्याउन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

सहकारीका अध्यक्ष देवकुमार नेपाली बचतकर्ताको एक अर्बभन्दा बढी रकम हिनामिना गरेर फरार भएपछि इमेज पीडित संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम गर्दै आएको समितिको आव्हनमा सयाँै बचतकर्ता प्रदर्शनमा सहभागी थिए ।

संघर्ष समितिले विरोध प्रदर्शनसँगै सहकारीको हल्लनचोकमा स्थित भवनमा ब्यार टाँस गरेर कित्ता नम्बर ४५७ र ४५८ मा रहेको भवन कब्जा गरेको जानकारी गराएको छ । संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले राज्यको बेवास्ताका कारण अहिलेसम्म नेपाली पक्राउ पर्न नसकेको बताउनुभयो । पीडितहरुले सरोकारवाला निकायले अध्यक्ष नेपालीलाई तत्काल कानुनी दायरामा नल्याए थप शसक्त रुपमा आन्दोलनमा उत्रिने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *