व्यवस्थित बन्दै कुश्मिसेरा बजार

आदर्श अनलाइन, बागलुङ
तीन वर्ष अघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागि समेत बजारको बीच सडकनै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दयैतालाई गिज्याउथ्यो । उर्भर खेती योग्य जमिनमा संघीयता पछि स्थापना भएको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले त्यहाँ तिब्र शहरीकरण भइरहेको छ ।

अन्नको भण्डारको रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवनहरु धमाधम निर्माण भइरहेपनि बजारको सडक भने सुधार हुन सकेको थिएन । बर्खामा बजार भित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्ष देखि अन्त्य भएको छ । बजार क्षेत्रको सबै सडक कालेपत्र र ढलान सम्पन्न भइसकेको जैमिनी नगरपालिकाले जानकारी दिएको छ ।

कुश्मिसेरा बजारमा तीन वर्षदेखि थालिएको सडक ढलान र कालोपत्रे सकिएपछि बजारको मुहार फेरिएको कुस्मिसेरा बजारका स्थानीय पुनेन्द्र सापकोटाले जानकारी दिनुभयो । “चार वर्ष अघिसम्म सडकमा नाली समेत थिएन, बजार मात्रै भएर के गर्ने वर्खामा सडकबाटै सिँचाइका लागि कुलो लैजानु पर्दथ्यो” सापकोटाले भन्नुभयो “पछिल्लो तीन वर्ष यता कस्मिसेरा बजार परिवर्तन भएको छ, अहिले एकातर्फ सडकको नाली र बजारको अर्को तर्फ सिचाईको लागि प्रयोग गर्ने नाली बनाइएको छ, कालोपत्र र ढलान सडक लामो समय सम्म टिकोस भन्न चाहान्छु ।”

बर्खामा हिलाम्मे सडकका कारण व्यवसायीहरुलाई समस्या भइरहेको उहाँको भनाई छ । सापकोटाका अनुसार अहिले कुस्मिसेरा बजारमा भिरालो सडकमा ढलान र समथर सडकमा कालोपत्र गर्दा यात्रुलाई सहज तथा शौन्दर्यकरण भएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारमा ६६० मिटर कालोपत्र र एक किमि सडक ढलान गरिएको जैमिनी नगरपालिकाका ईन्जिनिएर विवेक सापकोटाले जानकारी दिनुभयो ।

“कम्तिमा नगरपालिकाको केन्द्र सुधार हुन आवश्यक थियो, अहिले मुख्य सडक कालोत्रप र ढलान सम्पन्न भएको छ, केही शाखा सडकहरु बाँकी छन्” सापकोटाले भन्नुभयो “कालोपत्र भन्दा ढलान सडक धेरै खर्चिलो हुनेभएपनि ढलान सडक बढी टिकाउ हुने अपेक्षा छ ।”

सापकोटाका अनुसार रु. एक करोड ९७ लाखमा कुस्मिसेरा बजारको सडक पक्की बनाइएको हो । जसमध्ये चालु आर्थिक वर्षमा ५०० मिटर सडक ढलान र १३० मिटर सडक कालोपत्र गरिएको छ । कुस्मिसेरा बजारको सबै सडक कालोपत्र र ढलान गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“हाम्रो नगरको केन्द्र कुस्मिसेरा बजारको मुख्य क्षेत्रमा कालोपत्रे तथा ढलान कार्य सम्पन्न भएको छ, जस्कारण बजार क्षेत्र शौन्दर्यकरण भएको छ, शहरी विकास मन्त्रालयबाट गत वर्षको रु. ४५ लाख र चालु आर्थिक वर्षको रु.९७ लाख बजेटबाट ढलान र कालोपत्र भएको छ” उपप्रमुख शर्माले भन्नुभयो “जैमिनी नगरपालिकाको निरन्तर पहलकदमीमा कम्तिमा नगरपालिकाको केन्द्रको सडक पक्की भएको छ, अब नगरपालिकाको ध्यान वडा स्तरीय सडक सुधारमा हुनेछ ।”

बागलुङ बजार बाट जैमिनी नगरपालिकाको केन्द्र पुग्ने जम्मा दुई किलोमिटर सडक मात्रै कच्ची रहेको छ । अन्य सडक कालोपत्र भएपछि अहिले एक घण्टामै बागलुङ बजार बाट जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *