बागलुङ नगर खानेपानीको निर्वाचन स्थगित


आदर्श अनलाइन, बागलुङ

अवैधानिक नगरखानेपानीको समितिले निर्वाचन गराउन नसक्ने भन्दै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन स्थगित गरिएको छ ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी साउन ६ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगित गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

साउन ६ गतेको निर्वाचनको कार्यतालिका आज २६ गतेदेखि सुरु भएको भएपनि केही अगुवा उपभोक्ताहरुले संस्थाको अवैधानिक कदमहरुमा नसच्याएसम्म निर्वाचन रोक्न माग गर्दै असार २३ गते जिल्ला प्रशासनमा उजुरी दिएका थिए । उजुरीका आधारमा छानविन गर्दा नगरखानेपानीको अहिलेको समस्या अवैधानिक रहेको ठहर गर्दै नगरपालिका मार्फत निर्वाचन गराउने सहमती दिएको छ ।

“नगरपालिका, नगरखानेपानी लगायत सरोकारवालाबीचको छलफल भयो, नगरखानेपानीको अहिलेको समिति अवैधानिक रहेको प्रमाणहरु भेटिए, अवैधानिक समितिले गरेको निर्वाचन वैधानिक हुँदैन” बरालले भन्नुभयो “निर्वाचन गराउने जिम्मा बागलुङ नगरपालिकालाई दिएका छौं, नगरपालिकाले निर्वाचन समिति गठन गरेर निर्वाचन मिति घोषणा गर्नेछ ।”

संस्थाको आगामी साउन ६ गते हुने निर्वाचन रोक्न माग गर्दै अगुवा उपभोक्ताहरुले संस्थाका पछिल्ला सम्पुर्ण निर्णयहरु अवैधानिक भएको, प्रत्येक वर्षमा गर्नुपर्ने साधारणसभा ३ वर्षमा गरिएको भन्दै अहिलेको समिति वैधानिक नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । उक्त उजुरीका आधारमा जिल्ला प्रशासनले नगरखानेपानी संस्थाको निर्वाचन नगरपालिकाले गराउने गरी निर्णय गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *