पत्रकार घर्ती मगरलाई मातृशोक

आदर्श अनलाइन, बागलुङ
बागलुङमा डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार संगम घर्ती मगरलाई मातृशोक परेको छ ।

नागरिक राष्ट्रिय दैनिकका बागलुङ संवादादात रहनुभएका घर्तीको आमा जसिन्ता घर्तीको ६७ वर्षको उमेरमा अल्पायुमै निधन भएको हो

बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी निवासी घर्तीको मिति २०८० असार २६ गते साँझ आफ्नै निवासमा स्वर्गारोहण भएको हो । घर्ती एक वर्षदेखि अस्वस्थ रहनुभएको थियो ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष समेत रहनु भएका घर्ती सयपत्री एफ हुँदै पत्रकारिता आरम्भ गर्नुभएको थियो । नागरिक दैनिकसंगै बागलुङबाट प्रकाशित मुक्ति क्षेत्र दैनिक र रेडियो बिएफबिएस गोर्खामा समेत कार्यरत हुनुहुन्छ ।

पत्रकार घर्ती मगरको आमाप्रति नेपाल प्रेस युनियन बागलुङ शाखा र केन्द्रले शोक विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *