एनआरएनए कतारको सचिवमा पत्रकार सन्तोष क्षत्रीद्वारा उम्मेदवारी घोषणा

आदर्श अनलाइन, बाागलुङ

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा पत्रकार ओम बहादुर क्षत्री (सन्तोष)ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल मार्फत क्षत्रीले यसअघि दुई कार्यकाल सम्म एनआरएनए कतारको प्रवत्तामा रहि काम गरेको भन्दै आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका मतदातालाई यस्तो छ क्षत्रीको अपिल

आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजिवि व्यवसायी, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।

मध्यपुर्वको पहिलो एवं गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९–२०२१ र सन् २०२१–२०२३ लगातार दुई कार्यकाल प्रवक्तामा रहि काम गरेको सबैमा अवगत नै छ । यही अभियानलाई निरन्तरता दिदै झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्देगर्दा प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु । एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ–संस्थासंग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा गर्दछु ।

ओम बहादुर क्षत्री (सन्तोष)
सचिव पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *