गलेश्वरमा दर्शनार्थीको भीड

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका –९ मा रहेको गलेश्वर धाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । गलेश्वर मन्दिरमा बिहान साढे चार बजेदेखि नै दर्शनार्थीहरुको भिड लागेको थियो ।

No description available.

बिहान १० बज सम्म २० हजारभन्दा बढी दर्शनार्थीले पूजाअर्चना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । हरेक वर्ष साउन महिनाको सोमबार तथा महाशिवरात्री र बालाचतुर्दशीमा गलेश्वरमा भक्तजनको धेरै भीड लाग्ने गरेको छ ।

No description available.

साउनको पहिलो दिन सोमबार तथा औंशी पनि परेको हुँदा धार्मिक आस्था राख्ने मानिसहरुले यो त्रिसंयोग परेको मौका गुमाउन नचाहने भएको हुनाले पनि भिड बढेको उहाँको भनाई छ । आजको दिन धौलागिरीका चारसहित कास्की, स्याङ्जा, तनहुँ, रुपन्देही लगायतका ठाउँबाट दर्शनका लागि भक्तजन आइ सकेको उहाँको भनाइ छ ।

No description available.

गलेश्वर मन्दिर क्षेत्रमा पुजा अर्चना गर्नुका साथै युवायुवतीहरुले टिकटक बनाउनका लागि पनि निकै ध्यान दिएको देखिएको छ । हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका युवतीहरु टिकटक बनाउनका लागि गलेश्वर शिवालय क्षेत्रको ९ रोपनीको चक्र शिलामा मस्त देखिएका पनि छन् ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *