बागलुङ नगरपालिकामा आपतकालीन कार्य संचालन केन्द्र स्थापना

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुवातसँगै निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिका भित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने गरि एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो । एम्बुलेन्सका साथै नगरपालिकाले आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ । आपतकालीन केन्द्रमा दमकल, शव बहान, डोजर, व्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्री र फायर सिलिण्डहरु तयारी अवस्थामा राखेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नम्बर २ स्थित ट्रस भवन निर्माण गरेको आवश्यक उपकरण र कर्मचारी बस्ने आवसको बनाएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापनका लागि नगरपालिकाले पूर्व तयारीका लागि संरचना निर्माण आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । अब कोही नागरिक एम्बुलेन्स नपाउँदा अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउनु नपर्ने भन्दै अन्य विपद्मा परेको पनि तत्काल उद्धार हुने श्रेष्ठ बताउनुहुन्छ ।

दमकलका लागि १२ हजार लिटरसम्मको पानी १२ मिनेटमै भर्ने व्यवस्था गरेको भन्दै आगलागी, बाढी पहिरो र अन्य विपद्बाट क्षति हुनबाट रोक्न नगरपालिकाले यो प्रयास गरेको श्रेष्ठको भनाइ छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरि व्यवस्थापन गरेको उहाँ बताउनुहुन्छ ।

“बजार क्षेत्र हो या ग्रामीण क्षेत्र जुनसुकै ठाउँमा विपद् आइ लाग्न सक्छ, त्यसबाट बच्नका लागि पूर्व तयारी त गर्नुै प¥यो, यदी सचेत हुँदा हुँदै पनि कहिले काहीँ अप्रत्यासित विपद् पनि आइ लाग्ने हुँदा हामीहरुले अहिले आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेका छौँ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो – “अहिले फ्रि एम्बुलेन्स संचालन गरेका छौँ, दमकल र शव बहान पनि हामीसँगै छ, शव बहान प्रयोग गरे बापत केही शुल्क उठाइने छ, तर अति विपन्न र गरिबलाई भने यो सेवा पनि निःशुल्क हुने छ ।”

उपप्रमुख राजु खड्काले आपतकालीन कार्य संचालन केन्द्रबाट चौबिसै घण्टा सेवा प्रदान हुने बताउनुभयो । आवश्यक साधान र कर्मचारीलाई नवनिर्मित भवनमै व्यवस्थापन गरेको भन्दै नगर क्षेत्र भित्र जहाँ समस्या आइपर्छ, त्यहाँबाट तत्काल टोल फ्रि नम्बर १८१०५०००१७० मा सम्पर्क गरेर सेवा लिन सकिने उहाँको भनाइ छ । आपतकालीन कार्य संचालन केन्द्र संचालनका लागि करिब ४० लाख बढी खर्च भएको खड्काले बताउनुभयो ।

बाढी पहिरोले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित तयारी अवस्थामा राखेको उहाँको भनाइ छ । यो सेवाको अहिले सुरुवाति चरण रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि बनाएको उपप्रमुख खड्का बताउनुहुन्छ ।

आपतकालीन कार्य संचालन केन्द्रको सोमबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले उद्घाटन गर्नु भएको थियो । उद्घाटनपछि बोल्दै बागलुङ नगरपालिकाले जिल्लामा उत्कृष्ट कामको सुरुवात गरेको बताउनुभयो । आपतकालीन कार्य संचालन केन्द्रले पहुँच पुग्नेवाला मात्रै नभर सामान्य नागरिकको समेत उद्धार गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नगरपालिकाका अधिकृत भीमशेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *