१५ नाका सिसी क्यामेराको निगरानीमा


खेमराज गौतम, बागलुङ
अपराधिक क्रिर्याकलाप निरुत्साहनका लागि महत्वपूर्ण प्रविधिको रुपमा रहेको सिसी क्यामेरा बागलुङ बजारका मुख्य १५ नाकामा जडान गरिएको छ । २०७१ सालमा जडान गरिएका क्यामेरा २०७५ सालदेखि विग्रदै गएपछि विगत तीन वर्षदेखि सिसी क्यामेरा बिहिन बनेको बागलुङ बजारमा अब अत्याधुनिक सिसी क्योमरा जडान गरिएको हो ।

सिसी क्यामेरा नहुँदा अपराधिक घटना न्यूनिकरण गर्न नसकिएको भन्दै बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा अत्याधुनिक सिसी क्यामेरा राख्न थालिएको हो ।
२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा नआएपनि अहिले नयाँ अत्याधुनिक सिसी क्यामेरा जडान गर्न थालिएको हो ।

बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्यसंघको समन्वयमा जडान गरिएको सिसि क्यामेरा क्रमश मर्मत संभारको अभावमा कामै नलाग्ने गरी बिग्रिएपछि तीन वर्षदेखि बागलुङ बजारमा एउटा क्यामेरा समेत सञ्चालनमा थिएन । २०७५ सालमा २९ मध्ये १६ सिसी क्यामेरा विग्रिएका थिए भने अन्य क्यामेरा विद्युतीय पोल प्रतिस्थापन गर्दा हटाइएको थियो ।
सिसी क्यामेरा नहुँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको भन्दै बागलुङ नगरपालिका र उद्योग बाणिज्य संघको पहल तथा जिल्ला प्रहरी कार्यालयको संयोजनमा बागलुङ बजार प्रवेश गर्ने मुख्य १५ नाकामा अत्याधुनिक १२३ सिसी क्यामरा जनाका लागि फाइबर जडान तथा जिल्ला प्रहरी कार्यालयमा अवलोकन डेस्क स्थापना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो ।

बागलुङ बजारमा चोरी डकैतीका घटनाहरु बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सिसी क्यामरा जडान कार्यालाई तिब्रता दिएको कंडेलको भनाई छ । “अहिले बागलुङ बजारमा १५ मुख्य प्रवेशद्वारका रुपमा रहेको स्थानमा क्यामेरा जडान गरेर प्रहरीले निरिक्षण गर्न थालिसकेको छ, चालु आर्थिक वर्षमा बगालुङ बजारमा मात्रै ६५ सिसी क्यामेरा जडान गर्ने लक्ष्य लिएका छौं, हामीलाई आवश्यक १२३ सिसी क्यामेराका लागि फाइवर विच्छाइएको छ” कंडेलले भन्नुभयो “अब बागलुङमा सुरक्षा चुनौती रहदैन, अहिलेको क्यामेरा नाइट भिजन र प्रोटेबल छ, जुम गरेर हेर्न समेत सकिन्छ, मुख्य चोक, प्रवेशद्वार र सिमा नाकामा क्यामेरा राख्दा सुराक्षाका दृष्टिले सहज हुन्छ ।”

बागलुङ नगरपालिकाको रु.१५ लाख र बागलुङ उद्योग वाणिज्य संघको रु.५ लाख लागतमा अहिले फाइवर, १५ अत्याधुनिक सिसी क्यामेरा र कन्ट्रोल कक्षको स्थापना भइसकेको र आवश्यकता र बजेटका आधारमा क्यामरा थपेर १२३ पु¥याइने कंडेलको भनाई छ । अहिले बागलुङ बजारको मुख्य १५ वटा प्रवेशद्वार देउरालीचोक, तिरुपती चोक, लाम्पाटा, ब्यारेकचोक, लोकमार्गको जिरो, देउराली चोक र तित्याङ पुग्ने झोलुङ्गे पुल लगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।
अहिले बागलुङ जिल्लाको मुख्य प्रवेशद्वारा रहेको मालढुङ्गामा मात्रै ३ वटा सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नावय उपरिक्षक मदन केसीले जानकारी दिनुभयो । बागलुङ बजारमा १५ वटा र मालढुङ्गामा तीन वटा क्यामेरा जडान गरिएको हो । “अहिले मालढुङ्गामा सवारीसाधनको सामान्य चेकजाँच मात्रै हुन्छ, रोकेर सवारी साधनको नम्बर रेकर्ड राख्ने काम हुँदैन, एउटा सिसी क्यामेराले सवारी सानधको नम्बर मात्रै रेकर्ड गरेको हुन्छ, अन्य दुई क्यामेराले सवारीसानको अवस्था हेर्नेछ” सूचना अधिकारी केसीले भन्नुभयो “अहिलेका क्यामेरा अत्याधुनिक छ, सवारीसाधनको नम्बर प्रष्ट देखिन्छ, प्रविधिको प्रयोगले सुरक्षाका लागि ठूलो राहत हुन्छ, रातको समयमा नाइटभिजन र प्रोटेबल क्यामेराले दिउँसो जस्तै देखाउछ ।”

अपराध निरन्त्रणका साथै चोरी डकैतिका घटना बाहिर ल्याउन तथा अदालतले समेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरेकाले प्राथमिकताका साथ सिसी क्यामेरा राख्न थालिएको हो । सुरक्षा व्यवस्थामा सहजता ल्याउन सिसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याउन थालिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको र सिसी क्यामेरामा संकास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरी परिचालन गर्ने प्रहरीको भनाई छ । २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा विस्तारै विग्रदै गएपछि तीन वर्षदेखि सिसी क्यामेरा बिहीन बागलुङ बजार अब भने सिसी क्यामेराको निगरानीमा हुनेछ ।

१२३ स्थानमै सिसी क्यामेरा राख्नलाई रु.४२ लाख खर्च हुने र जस्का लागि व्यवसयासी र बैंकर्सहरुबाट सहयोग समेत उठाउने लक्ष्य उद्योग वाणिज्य संघको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *