इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान

आदर्श अनलाइन, बागलुङ

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चाल र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलाशले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा राख्न बिहीबार आदेश दिएको हो ।

सहकारीले रु.१ अर्ब ५१ करोड हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले रु.१ अर्ब ३० करोड विगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरि ११ जना विरुद्ध अदालत माठगीको मुद्दा दर्ता भएको छ ।

सहकारीमा संस्थागत खाता रहेका प्रभा माध्यामिक विद्यालय निसीखोला, पौदिटार आधारभूत विद्यालय वडिगाड, युनियन लाइफ क्लब बागलुङ, दुदिलाभाटी स्वास्थ्य चौकी गलकोट, दुदिलाभाटी इङ्लिस बोर्डिङ स्कुल गलकोट, शेयर सदस्यहरु बागलुङ नगरपालिका–३ निवासी लालचन्द्र राजभण्डारी, लोकेन्द्र केसी, टंकप्रसाद पन्त, भिमसेन प्रसाद श्रेष्ठ, बा.न.पा–२ निवासी मनोविज्ञान श्रेष्ठ, सञ्जु प्रधान पालिखे, लेखबहादुर खड्का, दिल प्रसाद कंडेल, बा.न.पा.–८ निवासी लक्ष्मी जिसी कार्की, बा.न.पा.–४ निवासी आत्माराम पौडेल, बा.न.पा.–७ निवासी मिनबहादुर कार्की, बा.न.पा. १ निवासी दुर्गाबहादुर कुँवर, गलकोट नगरपालिका–३ निवासी मञ्जु शर्मा चालिसे सहित १ हजार ४ सय ८१ जना बचतकर्ताले अदालतमा असार २५ गते ठगीको मुद्दा दर्ता गराएका थिए ।

बचतकर्ताको उजुरी पछि प्रहरीले संचालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको थियो ।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ निवासी देबकुमार नेपाली, गलकोट नगरपालिका–११ निवासी रुपा विक, ढोरपाटन नगरपालिका–१ निवासी डोरबहादुर परियार, ढोरपाटन १ निवासी सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, निसीखोला गाउँपालिका–२ बोहोरागाउँ निवासी झगबहादुर साही र निसीखोला गाउँपालिका–१ निवासी अनिता बुढा मगरको खोजि कार्य भइ रहेको छ ।

सहकारीका संचालक र कर्मचारीलाई ८ देखी १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिनुभयो ।

बचत कर्ताको अरबौ रकम हिनामिना पारेर सहकारीका संस्थापक अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् ।

नेपाली बेपत्ता भएपछि बचतकर्ताहरू चरणवद्ध आन्दोलनमा छन । उनिहरुले जिल्लाका राजनितिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिनुहुन आग्रह गरेको पीडित तथा संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *