पातीहाल्नेमा शव फेला

आदर्श अनलाइन, बागलुङ
पातीहाल्नेमा शव फेला परेको छ । बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्ने स्थित जंगलमा कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिनुभयो ।

पातीहाल्ने जंगलमा पुगेका स्थानीयले शव फेला पारेरपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलीले शवलाई उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।

“शव कंकाल बनि सकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुन सक्छ, शरीरको मासु सबै कुहिएको छ, हड्डी मात्रैरहेको हुँदा को व्यक्ति हो ?, कहाँको भन्ने पहिचान गर्न सकिएको छैन,” प्रहरी निरीक्षक शर्माले भन्नुभयो – “जिल्ला मातहतका प्रहरी चौहीहरुमा खबर गरेका छौँ, छिमेकी जिल्ला रौलपा र रुकुममा पनि जानकारी गराएका छौँ, यो ठाउँ तीन जिल्लाको नजिक पर्ने हुँदा बागलुङ व्यक्ति नहुन पनि सक्छ, अहिलेसम्म कुनै मानिस हराएको भनेर निवेदन पनि नपरेको छैन ।”

शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्नसमेत आग्रह गर्नु भयो । मृतकले लगाएका कपडा सहज रुप चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने भन्दै अनुसन्धानलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *