नगरपालिकाको कदमप्रति बागलुङ उद्योग वाणिज्य संघको ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले सडक पेटी खालि गर्ने नाममा व्यवसायीका पसलबाट जबरजस्ती सामान उठाएको भन्दै बागलुङ उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव ऋषिराम गौतमले एक विज्ञप्ती जारी गर्दै सामाग्री उठाउने काम तत्काल रोक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्कार्ल फिर्ता गर्न माग गरेका छन् । अन्यथा उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरि भएका यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनी छ ।

‘नाकावन्दी, महाभुकम्प, कोभिड र रुस युक्रेन युद्धले तहसनहस भएको उद्योग व्यवसाय सामान्य अवस्थामा चलायमान हुन नपाउदै आर्थिक मन्दीले विकराल अवस्थामा पुगेको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज, जरिवाना, हर्जना लगाएतका शुल्कले व्यवसाय संचालन गर्न नसक्ने गरी धरासायी अवस्थामा पुगेको कठिन परिस्थितिमा बागलुङ नगरपालिकालाई उद्यमी, व्यवसायीले समयमै कर र राजस्व बझाएको छ’ विज्ञप्तीमा उल्लेख छ ।

उद्यमी व्यवसायीसँग सहकार्य गरी दिगो रुपमा व्यापार व्यवसाय संचालन हुने वातावरण बनाएर अर्थतन्त्रमा सकारात्मक योगदान परिस्थिति निर्माण गर्नु पर्नेमा उल्टै व्यवसायीहरुको पसलमा नगरपालिकाले नगर प्रहरी पठाएर व्यवसायीहरुको सामाजिक मान मर्यादामा समेत आँच पु¥याउने, धम्काउने जस्ता अमानविय व्यवहार तत्काल बन्द गर्न बागलुङ उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

नगरपालिकाको कदमप्रति बागलुङ उद्योग वाणिज्य संघको ध्यानाकर्षण

  1. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *