सन्दर्भ स्तनपान सप्ताह : बागलुङमा पूर्ण स्तनपानको सचेतना अभियान


खेमराज गौतम, बागलुङ

मंगलबारदेखि देखि एक हप्ते विश्व स्तनपान दिवस मनाउन थालिएको छ । एक हप्ता सम्म मनाइने दिवसका अवसरमा बागलुङका स्वास्थ्यकर्मीहरुले आमाको दूधको महत्व बुझाउने गरी सेचतना मुलक कार्यक्रम थालेका छन् ।

आमाको दूध अमृत समान भन्ने उक्ति पछिल्लो समय व्यवहारमा नपाइएको भन्दै बागलुङका स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्दै सेचतना मुलक अभियान थालेका हुन् । शौन्र्दयकरण र विभिन्न बाहनामा पूर्ण स्तनपान नगराउदा आमा र बच्चा दुबैलाई बेफाइदा गर्ने भन्दै आमाको दूधको महत्व बढाउन सेचतना अभियान चलाइएको छ ।

धौलागिरी अस्पतालले आमाको दूधको महत्व बढाउनका लागि धौलागिरी अस्पतालमा एक हप्ते सेचतना अभियान थालिएको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो ।

प्रधानका अनुसार अस्पतालमा कार्यरत नर्स तथा अभ्यासका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानबाट आउनुभएका विद्यार्थीहरुले आमाको दूधको महत्व बुझाउनका लागि सचेतना अभियान र आमाको दूधको महत्व तथा स्तनपानको तरिका सिकाउन प्रर्दशनी नै स्थापना गरेका छन् ।
“पूर्ण स्तनपानको अवस्था घट्दो रहेको विभिन्न अध्ययनले देखाएको छ, आमाको दूधबाट बच्चालाई हुने फाइदाका विषयमा हरेक नागरिकलाई सेचत बनाउन आवश्यक देखिन्छ, आमालाई मुख्य ज्ञान हुन आवश्यक छ, बिश्व स्तनपान दिवसको अवसरमा आमाको दूधको महत्व दर्शाउने विभिन्न प्रर्दशनीहरु समेत देखाउन थालिएको छ भने अस्पतालमा दैनिक आउन ५०० विरामीहरुलाई स्तनपानको विषयमा जानकारी गराइनेछ” प्रधानले भन्नुभयो “सचेतना नै मुख्य कुरा हो, शौन्दर्यकरण, जागरिमा छुट्टी नपाउने, वैदेशिक रोजगार लगायतका कारण पूर्ण स्तनपान नहुँदा बच्चालाई विभिन्न रोग लाग्न सक्ने, कुपोषण हुन सक्ने भन्दै आमाको दूध बच्चाको पहिलो प्राथमिकता भनेर सचेतना अभियान थालिएको छ ।”



धौलागिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले आमाको दूध, स्तनपान, स्तनपानको महत्व, स्तनपानको आशन लगायतका विषयमा एक हप्ता सम्म प्रदर्शनी गर्नेछन् भने प्रत्येक वार्डमा पुगेर विरामीलाई पूर्ण स्तनपानको महत्व बुझाइने छ ।
पछिल्लो समय घट्दै गएको स्तनपानको प्रचलनलाई बृद्धि गर्नका लागि बागलुङको धौलागिरी अस्पतालमा एक हप्ते स्तनपान दिवस मनाउने क्रममा आमाको दूधको महत्व बुझाउने सचेतना मुलक अभियान थालिएको छ ।

‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ मंगलबारदेखि विश्व स्तनपान सप्ताह शुरु गरिएको छ । धौलागिरी अस्पतालमा पाँच वर्ष देखि स्थनपान कक्षको व्यवस्था मिलाइएको समेत छ ।

आमाको दूधबाट एक हजार भन्दा बढी तत्वहरु पाइने भएकाले पूर्ण स्तनपानका लागि सचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको धौलागिरी अस्पताल बागलुङका बाल रोग विशेषज्ञ डा. किरण तिवारीले बताउनुभयो । डा. तिवारीका अनुसार नेपालमा जम्मा ५६ प्रतिशत सुत्केरी आमाहरुले मात्रै पूर्ण स्तनपान गराएको तथ्याङ्क रहेकाले यसलाई बढाउन सेचतान मुलक अभियान नै मुख्य हुने बताउनुभयो ।

अस्पतालले मात्रै हैन सेवाग्राही क्षेत्रमा स्तनपान कक्ष निर्माण गर्ने, जागिरे सुत्केरी महिलालाई स्तनपान गराउने समयको व्यवस्थापन गराउने र स्तनपानको महत्व बुझाउन सकेमा मात्रै बागलुङ स्तनपानमैत्री हुन सक्ने डा. तिवारीको भनाई छ । तिवारीका अनुसार आमाको दूधमा पाइने एक हजार तत्वहरु कुनै कृत्रिम तरिकाले निर्माण गर्न नसक्ने भन्दै जनचेतना मुलक कार्यक्रम मार्फत सबैलाई जानकारी गराउन अस्पतालले एक हप्ते अभियान थालेको हो ।

धौलागिरी अस्पतालले शिशुको भर्ना स्थल तथा सुत्केरी गृहमा पुगेर दैनिक रुपमै स्तनपान गराउने तरिका र स्तनपानको महत्वको विषयमा जानकारी गराईरहेको धौलागिरी अस्पतालका नर्सिङ प्रशासक शान्ति पौडेलले जानकारी दिनुभयो । धौलागिरी अस्पताललाई पूर्ण स्तनपानमैत्री बनाउने योजनाका साथ अस्पतालले कार्ययोजना बनाएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ । हरेक वर्ष अगस्ट १ लाई विश्व स्तनपान दिवसको रुपमा मनाउने गरिन्छ ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो । विश्वभर स्तनपान सप्ताहको विश्व स्वास्थ्य संगठन र युनिसेफले अगुवाई गर्दै आइरहेका छन् । यस वर्ष नेपालमा साउन १६ गतेदेखि २२ गतेसम्म स्तनपान सप्ताह मनाइने छ ।

स्तनपान गराउँदा शिशु र आमालाई हुने फाइदा र स्तनपान गराउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे सचेतना गराउने गरी स्वास्थ्यकर्मीहरुले धौलागिरी अस्पतालमा प्रदर्शनी स्थापना गरेका हुन् । शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार भएपनि पूर्ण स्तनपानको तथ्याङ्क घट्दै गएकाले सचेतना मुलक अभियान थालिएको हो ।

विश्व स्वास्थ्य संघको तथ्याङ्कअनुसार स्तनपानलाई सुधार गर्न नसक्दा नेपालमा झन्डै ४० प्रतिशत बालबालिकाको उमेरअनुसार वृद्धि विकास नभएको विज्ञहरु बताउँछन् । बालबालिकाहरूको उचाई कम हुनु, कुपोषित हुनु र सुस्त हुनुमा पनि स्तनपान नगराउनु कारक मानिएको छ ।
नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनु पर्दछ ।
शिशुको आवश्यकताअनुसार एक दिनमा ८ देखि १२ पटक (दिन र रात) स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्राहुने भएकोले कुनै विशेष अवस्थाबाहेक ६ महिना सम्मको बच्चालाई पानी पनि खुवाउनु नपर्ने बालरोग विशेषज्ञ डा. किरण तिवारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *