आदर्श अनलाइन, बागलुङ
बागलुङमा खोसाखोस गर्दा दुई महिने नाबालकको मृत्यु भएपछि श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र उहाँकी श्रीमती ३० वर्षीया सविना विकलाई प्रहरीले पक्राउ गरेको हो ।
मदिरा सेवन गरि श्रीमान श्रीमती बीच विवाद हुँदा नाबालकलाई खोसाखोस गर्ने क्रममा आफ्नै घर भित्र भुईमा खसी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । दुई जनालाई नै प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरि रहेको उहाँले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक केसीले भन्नुभयो – “श्रीमान श्रीमती दुई जानले नै मादक पदार्थ सेवन गर्नु भएको रहेछ, मदिराले लठ्ठ परेको बेला आपसी असमझदारीका कारण विवाद भएछ, विवाद भएपछि नाबालकलाई खोसाखोस गर्दा भइँमा बझारिएर मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाउँछ, यस विषयलाई थप अनुसन्धान गरि रहेका छौँ ।”