दुदिलाभाटीका लाहुरे गुरुङको माछापालन र सुन्तलाखेति


खेमराज गौतम, बागलुङ

उमेरले पूर्व भारतीय सेनाका लाहुरे बम बहादुर गुरुङ ५८ वर्षको पुग्नुभयो । उमेरका हिराबले अवकास पछिको जीन्दगी आरम गर्ने भएपनि उहाँको जोस तथा जागर युवाको भन्दा कम छैन ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटी स्थित कटौदेका गुरुङले अवकासपछिका १६ वर्षदेखि कृषि पेशामा रमाउदै आउनुभएको मात्रै छैन उहाँको सुन्तला बगैचा र माछापोखरी लोभलाग्दो देखिन्छ ।

भारतीय सेनामा १६ वर्ष जागिरपछि अवकास हुनुभएका गुरुङ २०६१ सालमा इराक पुग्नुभयो । इराकमा समेत केही रकम कमाएर २०६४ सालमा नेपाल फर्कनुभएका गुरुङले २०६५ सालमा मकैबारी खनेर पोखरी बनाउनुभयो ।

मकै फल्ने बारी खनेर पोखरी बनाउदा समाजमा उहाँलाई गाली गर्नेको कमी भएन । उहाँले आफ्नो तीन रोपनी मकै बारी खनेर पोखरी बनाएर १५ वर्षदेखि माछापालन गर्दै आउनुभएको छ । २०६५ सालमै अर्को तीन रोपनी मकै बारी मासेर एक सय वटा सुन्तला लगाउनुभएका गुरुङको शोखको पेशा अहिले भने व्यवसायीक बनेको छ ।

गुरुङले अहिले माछा र सुन्तलाखेतिबाट बार्षिक पाँचलाख बचत गर्दै आउनुभएको छ । “उ बेलामा शोखका हिसावले माछापालन गर्न पोखरी खने, पछि व्यावसायिक बनाउन पुन सुन्तला रोपे, अहिले शोखको पेशा व्यावसायिक बन्यो, आफै पसिना बगाउछु, जे लगानी उ बेलै गरे, अहिले खासै खर्च छैन कमाई भएको सबै रकम बचत हुन्छ” गुरुङले भन्नुभयो “मलाई घर आसपासमा पोखरी होस, बगैचा होस भन्ने भारतीय आर्मीमै हुँदा थियो, आम्दानीका हिसावले आफ्नै पेन्सन समेत छ, आफ्ना पाहुना आउदा खुवाउनलाई माछा पालन थालेको थिए, अहिले व्यावसायिक बनेपछि वार्षिक तीन चारलाखको माछा मात्रै विक्रि गर्छु ।”

अहिले गुरुङको बगैचामा एक सय सुन्तलाका फल दिने बोट रहेका छन् । २०६५ सालमा मकैमासेर पोखरी खन्यो भन्नेहरुसमेत अहिले व्यावसायिक कृषि पेशामा लागेको बताउदै गुरुङले आफूले केही नगर्ने अरुलाई सिकाउने कार्यनेपालीहरुमा बढी रहेको भन्दै त्यसको विरुद्धमा लाग्न आफू पहिला व्यावसायिक बनेको बताउनुभयो ।

गुरुङले घर अघि सुन्तलाको बगैचा र बीचमा तीन रोपनीको माछा पोखरी हुँदा घर छोडेर अन्त जान मन नलाग्ने बताउदै सन्तुष्टी भारतीय सेना र इराक पुग्दा भन्दा घरमै व्यावसायीक माछापालन र सुन्तला खेती गर्दा भएको बताउनुभयो ।

“पहिला आफ्नो शोख पुरा गर्न सुन्तला र माछापालन थालेको थिए, पछि माछापालनको क्षेत्र बढाएर तीन रोपनी पु¥याए, अहिले घरमै माछा खोज्न ग्राहकहरु आउछन्” गुरुङले भन्नुभयो “सुन्तलाको यस वर्ष एक मुष्ट रु. दुई लाख आम्दानी गरे, अन्य सुन्तला आफन्तलाई कोशेली पठाए, श्रीमतलेले घर नजिकैको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्छ, फूर्सदको समयमा श्रीमतीले समेत सुन्तला बगैचाको स्याहार गर्नुहुन्छ ।”

गुरुङले मगरात एकिकृत कृषि फर्म दर्ता गर्नुभएपनि अनुदानको अपेक्षा नगरेको बताउनुभयो । उहाँले अरुलाई कृषिमा प्रेरणा दिनका लागि भएपनि आफूले १५ वर्षदेखि माछापालन र सुन्तला खेति गर्दै आएको बताउनुहुन्छ । अहिले माछाको बजार भाउ प्रति केजी रु. ६००मा बिक्रि गर्दै आएको गुरुङको भनाई छ । उहाँले माछा नजिकको हटिया र बागलुङ बजारमा खपत हुँदै आएको बताउदै सुन्तला भने एकमुष्ट विक्रि हुने बताउनुभयो ।

सुन्तलाका विरुवा बढाउने र पोखरीलाई थप व्यवस्थित गर्ने योजनामा गुरुङ हुनुहुन्छ ।
दुदिलाभाटीको चिसो पानीमा हुर्केका ग्रासकाप र सिल्भरकापका माछाको स्वाद मिठो भएकाले यहाँको माछा ग्रहाकको रोजाइमा परेको बताउनुभयो । श्रीमती धना गुरुङ ३४ वर्षदेखि सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउदै आउनुभएको बताउदै फूर्सदमा आफ्नो बगैचामा सहयोग गर्ने बताउनुभयो ।

मकैबारी मासेर पोखरीबनाउदा गालीगर्नेहरुले अहिले आफ्नो व्यावसायीक सोचबाट प्रेरित भएको देखेर आफूलाई सुन्तुष्टी मिल्ने गुरुङको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *