प्रदेश सरकारले उत्पादन वृद्धि र रोजगार सिर्जनामा जोड दिएको छ : मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले उत्पादन वृद्धि र रोजगार सिर्जनामा जोड दिएको बताउनु भएको छ । बागलुङको बलेवमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा मंगलबार ऐतिहाँसिक दोस्रो हरेलो मेलाको उद्घाटन गर्दै पाण्डले स्वदेशमै रोजगारीका अवसर सिर्जना हुँदै गए पनि युवा विदेश पलायन भइरहेको बताउनुभयो ।

उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरुको उर्जावान र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उहाँले देशले आफुप्रति गरेको लगानी सम्झिने युवाहरुलाई आग्रह गर्नुभयो । देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरुका विरुद्धमा सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँको जोड थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र स्वरोजगार उत्पादनमा जोड दिएको भन्दै युवापुस्तालाई देश र माटो प्रतिको मोह बढाउन आग्रह गर्नुभयो । उहाँले आफ्ना छोराछोरीलाई विदेश पठाउन बल नगर्न अभिभावकलाई आग्रह गर्नुभयो । उहाँले विदेशमा पढेर मात्रै देशको विकास नहुने भन्दै स्वदेशमै शिक्षा आर्जन गर्ने र उर्जावान समय देशमै बिताउन युवाहरुलाई आग्रह गर्नुभयो ।

देशमा भएका राजनीतिक परिर्वनले विकासमा ठुलो टेवा पुर्याएको भन्दै पाण्डेले केही नभएको भन्ने हल्लाका पछि नलाग्न अग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा बीस बर्ष पहिले र अहिलेको अवस्थामा आमुल परिवर्तन आएका उदाहरण दिँदै पाण्डेले लोकतन्त्रको सदुपायेग गर्नुपर्नेमाजोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास, आर्थिक क्षेत्रको प्रवद्र्धनको आधार भएको बताउनुभयो । बागलुङको विकासकालागिपर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो । प्रसिद्ध बलेवा क्षेत्र र धार्मिक पर्यटकीय क्षेत्र कालभैरव मन्दिरमा पूर्वाधार विकास र सडक सञ्जालको सहज पहुँचका लागि प्रदेश सरकारले पहल गर्ने उहाँले बताउनुभयो ।

मंगलबार आयोजना गरिएको मेलामा ऐतिहाँसिक तथा लोपउन्मुख तरावार नाच, पञ्चेबाजा, भजन प्रस्तुती, छेलो फाल्ने खल, कलाकारहरुको प्रस्तुती र स्थानीय उत्पादनको प्रदर्शनी गरिएको थियो । त्यस्तै बलेवा कालभैरव मन्दिरमा विषेश पुजाआजा गरेर हरेलो पर्व मनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *