पहिरो पीडितलाई राहत

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ सुवाका पहिरोमालाई आपतकालीन राहत वितरण गरिएको छ । पहिरोका कारणले गर्दा विस्थापित भएका पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले आपतकालीन राहत वितरण गरेको हो ।

विस्थापित २० घर परिवारलाई एक लाख दश हजार नगद प्रदान गरिएको हो । अन्नपुर्ण गाउँपालिका–३, दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएर पूर्ण विस्थापित हुनुभएका सतबिर पाईजालाई १५ हजार र पहिरोको जोखिम भएर विस्थापित भएका अन्य १९ परिवारलाई जनही पाँच÷पाँच हजारका दरले नगद हस्तान्तरण गरिएको ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उक्त राहत रकम हस्तान्तरण गर्नुभएको थियो । राहत वितरणमा संविधानसभा सदस्य गोविन्द पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष रमेश पुर्जा लगायतको उपस्थिति रहेको थियो ।

राहत हस्तान्तरणपछि मन्त्री जुग्जालीले क्षति न्युनीकरण, सुरक्षित बसोबासको व्यवस्था र दिर्घकालिन रुपमा प्राबिधिक टोलीबाट अध्ययन गरि बस्ती स्थानान्तरण एवम् एकिकृत वस्ती निर्माण तथा पुननिर्माणका लागि पहल गर्ने बताउनुभयो ।

साउन ३२ गते रातीको अविरल बर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयबासीको उठिबास लगाएको हो । पहिरोले ८ घर उच्च र १० घरधुरी जोखिममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।

पहिरोले जोखिममा रहेका सुवाबासीलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा वडा कार्यालयको सभाहलमा खाने बस्ने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बास बस्ने स्थान समेत निर्माण गरेको छ ।

पहिरोको जोखिममा रहेका ५० जनालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष पुनले बताउनुभयो । सुवा लगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयबासीलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाईप लगायतका अत्यावश्यक सामाग्री समेत वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *