ओझेलमा नेवारे झरना

डम्मर बुढा मगर, बागलुङ
नजिकै कालिगण्डकी नदी, वरपर घना जंगल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमान थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला झरना काठेखोलाको छेउमै रहेको छ । बागलुङ नगरपालिका–१० मा रहेको यस झरनाको अग्लो पहाडबाट झरेको छ । वरपर शान्त, स्वच्छ र मनोरम वातावरण रहेको हुँदा धेरैलाई आकर्षित गर्छ । बागलुङ, कालिका, लामो झलुङ्गे पुल लगायतका पर्यटकीय क्षेत्रको नजिकै थप अर्को झरना पहिचान भएपछि यसको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके धेरै पर्यटक भित्राउन सकिने स्थानीय बताउँछन् ।

करिब ५० मिटर अग्लो स्थानबाट झरेको झरनाको फेदमा एउटा ताल छ । त्यस ताल अहिले अव्यवस्थित छ । बागलुङ बजार नजिकै भएर पनि ओझेलमा परेको यो झरना अब तीव्र रुपमा प्रचारप्रसार गरि पर्यटक भित्राउन तर्फ लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँले हिउँद बर्खा बाह्रै महिना यहाँ पानी बग्ने हुँदा यो झरना पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो । यस वर्ष मात्रै झरनाको पहिचान भएको भन्दै आगामी वर्षदेखि बजेट व्यवस्थापन गरेर यहाँ पूर्वाधार निर्माण गर्ने र प्रवद्र्धनमा लाग्ने उपप्रमुख खड्काको भनाइ छ ।

“यो झरना अत्यन्तै सुन्दर छ, अहिलेसम्म कसैको नजर पुग्न सकेको थिएन, यो नगरपालिकाको सम्पत्ति हो, यसको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले योजना बनाएर लाग्छ, वनको बीचमा रहेको हुँदा यहाँ विश्राम गर्ने, योगा, ध्यान गर्नका लागि पनि अति उपयुक्त छ,” उपप्रमुख खड्काले भन्नुभयो – “अब सबैभन्दा पहिला यहाँसम्म सहज रुपमा पुग्ने पहुँच मार्ग निमार्ण गर्ने र अन्य पूर्वाधार बनाएर तीव्र प्रचार गर्नु पर्ने छ, यसका लागि हामीहरुले आगामी वर्षदेखि काम गर्छौँ, यहाँ पानी बाह्रै महिना बग्छ, हिउँदमा केही कम हुनु स्वभाविक हो, व्यवस्थित गर्न जरुरी छ ।”

झरनाभन्दा माथि सडक निर्माण भएको हुँदा सडकबाट आएको भलले झरनाको फेदको तालमा क्षति पु¥याएको छ । बागलुङ बजारदेखि नेवारेखोला झरनामा पुग्न १५ मिनेटमा मात्र लाग्छ । अब झरनाको फेदमा पोखरी, छेउछाउमा बगैचा र झरनामा पुग्ने पर्यटकका लागि रेष्टुरेण्ट संचालन गर्ने योजना बनाएको उपप्रमुख खड्का बताउनुहुन्छ ।

झरनाको पहिचान भएपछि पहिलो पटक त्यहाँ पुग्नु भएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले झरनासँगै त्यस वरपरको वातावरण प्राकृतिक रुपमा निकै सुन्दर रहेको हुँदा पर्यटक भित्राउन समस्या नभएको बताउनुभयो । अहिले पनि झरना नजिकै सडक पुगेको हुँदा त्यस सडकलाई व्यवस्थित गर्न सकियो भने पर्यटक गाडीमै झरनामा पुग्न सक्ने गिरीको भनाइ छ । पदमार्ग, सडक र अन्य व्यवस्थपनका काम गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

इन्जिनियर गिरीले भन्नुभयो – “जंगलको कुनामा हुँदा यो झरना अहिलेसम्म ओझेलमा परेको रहेछ, स्थानीयहरुले देखे पनि बाहिर ल्याउन सक्नु भएको थिएन, यो झरना राम्रो छ, त्यहाँ जाने बाटो राम्रो बनाउने हो भने बागलुङमा आउने अधिकांश पर्यटकलाई पु¥याउन सहज पनि छ, पार्कहरु, स्मिङपुल, बनाउन सके बागलुङ बजारवासीसँगै बाहिरबाट आउने आगन्तुकलाई घुमफिर गर्न निकै राम्रो स्थान छ, अहिले बाटो राम्रो छैन, एक दिन मेसिन लगेर सडक खुलायो भने गाडीमा पनि सहजै पुग्न सक्छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *