दृश्यावलोकनको गन्तव्य बन्दै भीरलाखुरी


आदर्श अनलाइन, बगालुङ
कतिपय संभावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर समेत आझेलमा पर्दै आएका छन् ।

सामाजिक सञ्जाल र समाचारको पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय संभावना समेत उजागर भइरहेको सन्र्दभमा कतिपय यस्ता संभावित क्षेत्रहरु सुविधासम्पन्न क्षेत्रमै भएर समेत ओझेलमा पर्ने गरेका छन्् ।
बागलुङ सदरमुकाम नजिकैको क्षेत्र भएर समेत आझेलमा परेको भिरलाखुरीलाई प्रर्बद्धन गर्न थालेपछि हाइकिङ मार्फत स्थानीय पर्यटकहरु त्यहाँ पुग्न थालेका छन् ।
पछिल्लो समय झरना तथा दृश्यावलोकन (भ्यू पोइन्ट) लागि उपयुक्त क्षेत्रमा पदयात्रा मार्फत पुग्ने, प्रकृतिसंग रमाउने, टिकटक बनाउने र फोटो खिच्नेगरी समेत पर्यटकीय क्षेत्रहरुको विकास भइरहेको सन्र्दभमा बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रर्बद्धन गर्न थालिएको छ ।

भिरलाखुरी भ्यूपोन्टस्थलको प्रचारप्रसार, प्रर्बद्धन र पूर्वाधारपछि अहिले बागलुङबजारको दृश्यावलोकन हेर्न भीरलाखुरी पुग्नेको संख्यामा समेत बृद्धि भइरहेको छ । बागलुङ नगरपालिका–६मा पर्ने भीरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ ।

भीरलाखुरी आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुनुमा त्यहाँबाट देखिने आकर्षक बागलुङ बजार नै हो । भीरलाखुरी भ्यूपोइन्टबाट बागलुङ बजार बाहेक पर्वतका नाग्लीबाङदेखि कुश्मा बजार सम्म देख्न सकिने र नजिकको पर्यटकीय गन्तव्य भएका कारण उक्त स्थान छिट्टै चर्चामा आउन थालेको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले बताउनुभयो ।
अहिले उक्त भिरलाखुरी भ्यूपोइन्ट पुग्ने पदमार्ग, रेलिङ र होर्डिङ बोर्ड कुर्चिहरु, पिङ्खेलने झुला लगायतका पूर्वाधारहरु समेत निर्माण गरिएपछि दृश्यावलोकन गर्न पदमार्गमार्फत त्यहाँ आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको उहाँको भनाई छ ।

गत आर्थिक वर्षमा नगरस्तरीय योजनामा मार्फत रु. तीन लाख अघिल्लो आर्थिक वर्षमा रु. दुईलाख लागतमा पदमार्ग बनाइएको थियो । “भिरलाखुरीको प्रर्बद्धनका लागि कलाकार तथा विश्व राष्ट्रगान यात्री रामजी नेपाली सहित विभिन्न पर्यटन क्षेत्रमा सक्रिय रहेका युवाहरुको साथ र सहयोगले उक्त दृश्यावलोकन क्षेत्रले चर्चा बटुल्दै आएको छ” वडा अध्यक्ष केसीले भन्नुभयो “खासगरी बागलुङ बजारबासीहरु हाइकिङ मार्फत त्यहाँ पुग्ने गरेका छन्, बागलुङबजारको पुरै दृश्य देखिने उक्त पोइन्ट धेरैको रोजाईमा पर्न थालिसकेको छ ।”

पदमार्ग मार्फत भिरलाखुरी पुग्नुभएको बागलुङका युवा पर्यटन अभियान्ता तथा पदमार्गप्रेमी सुलभ खड्काले भीरलाखुरी बागलुङ बजारको आसपासको उत्कृष्ट गन्तव्य बन्न थालेको बताउनुभयो ।

बागलुङबाट बिहानमा मर्निङक वाक गर्नेहरु समेत त्यहाँ पुग्ने गरेका छन् । पदमार्ग मार्फत बागलुङ बजार, कुश्मा बजारको दृश्वावलोकन, फोटो भिडियो खिच्न यहाँ आउने गरेको विश्वराष्ट्रगान यात्री तथा स्थानीय रामजी नेपालीले जानकारी दिनुभयो ।

“सूर्योदय र सूर्यास्तको दृश्यसमेत मनैलोभ्याउने भएकाले त्यहाँ आउनेको संख्यामा वृद्धिभएको छ, पदमार्गमार्फत बागलुङ बजारबाट ४५ मिनेट र मोटरसाईकलमा १० मिनेटमै पुग्न सकिन्छ” नेपालीले भन्नुभयो “टाढाको गन्तव्यमा जान समय र खर्च दुबै हुन्छ, समय र खर्चको बचत संगै प्रकृतिसंग रमाएर दृश्वाअवलोकन गर्न भिरलाखुरी भ्यु पोइन्ट गज्जबको पर्यटकीय गन्तव्य हो ।”

नेपालीले भीरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । नेपाली र वडाकार्यालयको नेतृत्वमा दुई हप्ता अघि मात्रै भीरलाुखरीको प्रर्बद्धनमा सामुहिक पदमार्गको आयोजना समेत गरिएको थियो ।

समुन्द्र सतहदेखि जम्मा १ हजार ३५० मिटरको उचाईमा रहेको उक्त भिरलाखुरी भ्यूपोइन्टको प्रचार प्रसार र पूर्वाधारको विकास संगै चर्चामा आएको हो । भीरलाखुरी आमा समुहकी अध्यक्ष संगीता परियारले शनिबार एक सय भन्दा बढी आन्तरिक तथा अघिपछि ४०/५० जना पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । केही बर्षअघिसम्म सबैभन्दा पछि परेको ठाउँ मध्ये रहेको भीरलाखुरीमा अहिले भने आन्तरिक पर्यटकको चहलपहलले स्थानीयमा उत्साह भरेको परियाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *