पठन संस्कृति जगाउँदै पुस्तकालय

आदर्श अनलाइन, बागलुङ
धौलागिरीको जेठो सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय स्थापना भएको ७७ वर्ष भइसक्यो । राणाकालीन अवस्थामा ओमप्रसाद गौचन र मेघ कुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर स्थापना गरेको विद्यामन्दिर सामुदायिक पुस्तकालय अझै सक्रिय, अध्ययन तथा अनुसन्धाको साँछी छ । सत्र हजार भन्दा बढी पुस्तक संग्रहित रहेको विद्यामन्दिर सामुदायिक पुस्तकालयको अहिलेको चुनौती भनेको पाठकको अभिरुची हो ।

कुनै दिन पाठकले भरिभराउ हुने उक्त पुस्तकालयमा अहिले मुस्किलले दुई दर्जन पाठक पुग्ने गरेका छन् । पछिल्लो पुस्तामा पठन संस्कृतिको विकास नहुनु र डिजिटिल माध्यममा विद्यार्थीले समय व्यतित गर्दा सामुदायिक पुस्तकालयमा विद्यार्थीको आकर्षण घटिरहेको छ । पछिल्लो समय नेपालभर नै सामुदायिक पुस्तकालय धरासायी भइरहेको सन्र्दभमा यहाँको राणाकालिन पुस्तकालय भने पठन संस्कृति जगाउन उदत देखिन्छ ।

पुस्तकालयले आफूलाई परिमार्जन गर्दै प्रविधि मैत्री हुने, पठन संस्कृतिको विकास गराउने रचनात्मक क्रियाकलाप जस्ता रोचक कार्यक्रममा सक्रिय देखिएको छ । पुस्तकालयले विद्यार्थीहरुलाई पुस्कतप्रति अभिरुची जगाउन एक पछि अर्को अभियान चाल्दै आएको हो ।

पुस्तकको महत्व बढाउदै पठन संस्कृतिको विकास गर्नका लागि विद्यार्थी लक्षित कार्यक्रम चलाइरहेको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो ।

एक महिना अघिमात्रै ‘बाज्यबज्यैको कथा मेरो सचित्र’ कार्यक्रम मार्फत विद्यार्थी लक्षित कार्यक्रम गरेको पुस्तकालयले अहिले ‘पुस्तौ पुस्तका लागि पुस्तकालय’, ‘ज्ञानका लागि पुस्तकालय’, ‘किन पढ्ने पुस्कक’ र पुस्तकालय अब इतिहास कि आवश्यकता लगायतका विभिन्न शिर्षकमा कार्यक्रम तथा वहस गरिएको थापाले जानकारी दिनुभयो ।

“चार÷पाँच वर्ष पहिला सम्म दैनिक सय÷दुई सयको हाराहारीमा पाठकहरु पुस्तकालय आउथे, अहिले पाठकहरु घटेका छन्, हुनत पुस्तकहरु किनेर घरमै पढ्ने चलन आइसक्यो कम्प्युटरमा अनलाइन पुस्तक समेत पढ्न पाइने व्यवस्था पुस्तकालयमा छ” थापाले भन्नुभयो “पठन संस्कृतिको विकास गर्न विद्यालयका विद्यार्थीहरुलाई पुस्तकालयमा आमन्त्रण गर्ने, अध्ययन अवलोकन भ्रमण गराउने, हस्तलिखित पुस्तक समेत देखाउने गरेका छौं, ऐतिहासिक दस्तावेज समेत भएको यस पुस्तकालयमा धेरै पुस्तकहरु अन्यत्र पाइदैनन्, हामीले पाठक आकर्षण गर्नका लागि रचनात्मक काम गर्दै आएका हौं ।”

१६ औैं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विद्यामन्दिर पुस्तकालयले पुस्तकालय र पुस्तकको महत्वको विषयमा वक्तृत्वकला समेत आयोजना गरेको छ । यस्तै उपन्यासकार तथा लेखक गनेश पौडेल संग पुस्कत किन पढ्ने भन्ने विषयमा संवाद गरिएको छ भने बरिष्ठ अधिवक्ता काजि गाउले श्रेष्ठ र पत्रकार मुकेशचन्द्र राजभण्डारीसंग पुस्तकालय अब आवश्यकता कि इतिहास भन्ने विषयमा अन्तरसंवाद गरिएको हो । उक्त अन्तरसंवादमा समेत पुस्तकप्रेमी र विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

अन्तरसंवादमा पैतला उपन्यासका लेखक गनेश पौडेलले विद्यालयको किताव संगै अतिरिक्त समयमा पुस्तकालयका किताव पढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले अध्ययन बिना कुनै विज्ञता हासिल गर्न नसकिने भन्दै अध्ययनको दायरा फराकिलो बनाउन पुस्तक पढ्न आवश्यक रहेको बताउनुभयो । “१० कक्षा सम्म अध्ययन गरेका विद्यार्थीले कम्तिमा १० वटा पाठ्क्रम बाहिरका पुस्तक अध्ययन गर्न आवश्यक हुन्छ, पठन संस्कृति नहुँदा सामाजिक सञ्जालमा समय विताउने परिपाटीले हामीलाई सही स्थानमा लादैन नत गन्तव्यमै पु¥याउछ” पौडेलले भन्नुभयो “अध्ययनको सिमा साघुरो भएको छ अहिले अध्ययनलाई बढाउन सके मात्रै सबैभन्दा अब्बल भइन्छ, विद्यार्थीले कम्तिमा वर्षको एउटा अतिरिक्त पुस्तक भएपनि पढ्न आवश्यक छ ।”

पत्रकार मुकेश राजभण्डारीले पुस्तकालयले पाठक खोज्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको बताउदै पुस्तकालयले नयाँ र पुरानो पुस्तालाई जोड्न प्रविधिलाई समेत जोड्नु पर्ने बताउनुभयो । “राणाशासनमा गोराखपुरबाट खच्चडमा बोकाएर खोलामा डुङ्गा तारेर पुस्तक ल्याएर स्थापना गरेको विद्यामन्दिर पुस्तकालयको ऐतिहासिक महत्व रहेको, हस्तलिखित पुस्तक संग्रह गरिएको र धौलागिरीका लेखकहरुद्वारा लेखिएको पुस्तकहरुको समेत संग्रह गरिएको पुस्तकालय अध्ययनशिल र पाठकप्रेमीहरुका लागि निकै लाभनीय हुनेछ” राजभण्डारीले भन्नुभयो “पहिला पुस्तकालय खोज्दै पाठकहरु आउथे अहिले विद्यामन्दिर पुस्तकालय पाठकको खोजीमा कहिले विद्यालय पुगेको छ भने कहिले पठन संस्कृतिको विकासका लागि रचनात्मक काम गर्दै आएको छ ।”

पाठक आकर्षतिगर्न नसक्दा बागलुङको अर्को पुरानो सामुदायिक पुस्तकालय ज्ञानोदय भगवती सामुदायिक पुस्तकालय अहिले बन्द रहेको सन्र्दभमा धौलागिरीकै जेठो पुस्तकालय विद्यामिन्दर पुस्तकालयले भने आफ्नो सक्रियता देखाइरहको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *