बागलुङमा भदौरे जात्राको रौनक


खेमराज गौतम, बागलुङ

बागलुङ बजारमा अहिले भदौरे जात्राको रौनकता छाएको छ । बागलुङ बजारको पुरानो नाँच मध्येका विभिन्न नाँचहरु दैनिकजसो प्रर्दशन भइरहदा बागलुङ बजार अहिले गुल्जार भइरहेको छ । लोपन्मुख अवस्थामा रहेका नाँचहरु पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् ।

वि.स.१८४३ अघिनै बागलुङमा व्यापारको शिलशिलामा नेवार समुदायहरु आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाँचहरु नेवास समुदाय अन्र्तगत पर्ने भएकाले उक्त नाँचहरु समेत दुई सय ३७ वर्ष पुरानो हुनसक्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार बागलुङमा भदौरे नाँच अन्र्तगत पर्ने केही नाँचहरु भने खर्चिला भएका कारण देखाउन छोडिएको बताउदै अहिले भदौरे नाँच अन्र्तगत थेतर नाँच, कटुवाल नाँच, रोपाई नाँच, जोगी नाँच, घोडा नाँच, होवा नाँच लगायतका नाँचहरु प्रर्दशन भइरहेको जानकारी दिनुभयो ।

“शिखारी नाँच र नाग नागिनी नाँच बढि खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे नाँचहरु संरक्षित छन्” श्रेष्ठले भन्नुभयो “नेवार जातीका कलासंस्कृति अन्र्तगतका धेरै नाँचहरु आर्थिक हिसावले खर्चिला छन् जुन बचाउनै गाह्रो हुन्छ, अहिले भदौरे नाँचको अवसरमा धेरै नाँचहरुले बागलुङ बजारमा रौनकता छाएको छ, नेवार जातीको पुरानो नाँच हनुमान नाँच खर्च अभावमै पाँच वर्षमा एक पटक मात्र देखाइन्छ ।”

पछिल्लो समय युवाहरुमा नाँचप्रति चासो देखिएका कारण लोप हुन थालेको घोडा नाँच समेत पुन देखाउन थालिएको श्रेष्ठको भनाई छ । बागलुङ बजारको पुरानो नाँचका रुपमा रहेका भदौरे नाँचहरु अहिले दैनिकरुपमा बागलुङ बजारमा देखिने गरेको छ । नाँचहरु अन्य जात जातीहरुले समेत रोचक मानेर हेर्ने गरेका छन् ।

भदौरे नाँचलाई बर्खे नाँच समेत भन्ने गरिएको छ । भदौरे नाँच हेर्दा रमाईलो लागेपनि निकै खर्चिलो हुँने गरेको छ । भदौरे नाँच अन्र्तगतका विभिन्न नाँचहरु संरक्षणमा भने चुनौती थपिएको स्थानीय मन्जुल शाक्यले बताउनुभयो ।

बागलुङमा भदौरे नाँच संरक्षणका लागि शाक्य समाज बागलुङले लामो समयदेखि सक्रियता देखाउदै आएको बताउनुभयो । उहाँले पछिल्लो समयमा भदौरे नाँचहरु संरक्षणमा युवाहरुले समेत चासो देखाउन थालेको पाइएको छ । पछिल्लो समय नेवा ल्याम पुचले समेत नाँच संरक्षणमा तदारुकता देखाएको छ ।

“नेवारभित्र समेत विभिन्न कला तथा संस्कृति फरक–फरक पाइन्छ, लामो समयदेखि बागलुङमा शाक्य कल्याण समाजले जोगी नाँच, रोपाई नाँच र लाखे नाँचहरु संरक्षण गर्दै आएको छ” शाक्यले भन्नुभयो “सबै नेवार समुदायले भदौरे नाँचलाई बचाउन थालेका छन्, गाइजात्राको दिनमा निकै खर्चिलो मानिएको बास्सा नाँच समेत सामुहिक रुपमा देखाइएको छ, परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाँच देखाउने भएपनि आर्थिक हैसियत हुँनेले मात्रै उक्त नाँच देखाउन सक्छन् ।”

भदौरे नाँच मध्ये लाखे नाँच नपर्ने भएपनि बर्खेनाँच वरपरमा लाखे नाँच प्रर्दशन भइरने अगुवा नेवार समुदायले बताउदै आएका छन् । बागलुङको नेवार समुदायले बचाएर राखिएको हनुमान नाँच भने नेपालमानै लोप हुँन थालेको नाँच हो । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाँचहरु प्रर्दशन भइरहने नाँचहरुलाई भदौरे नाँचका रुपमा लिइन्छ ।

खासगरी बागलुङ बजारमा बसोवास गर्ने नेवार समुदायको अगुवाइमा यो नाँचले निरन्तरता पाउँदै आएको हो । मध्य भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ भदौरे नाँचमा देखिने उत्साह र सहभागिताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ । भदौरे नाँचमा युवा तथा वालबालिकाहरुले उत्साहपूर्ण सहभागीता भएको पाइन्छ । उक्त भदौरे नाँचहरु अन्तगत धर्मसंग जोडिने गरेका नाँचहरु हुन् ।

एक महिनासम्म बर्खेनाच अन्तर्गत विभिन्न नाँच देखाउने समय र कलाकार व्यवस्थापनमा चुनौती रहेपनि त्यसलाई सबैको साथ र सहयोगबाट सम्भव हुँदै आएको नेपाल भाषाः मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

भदौरे नाँच बागलुङ बजारको इतिहास संग जोडिएको नाँच रहेको उहाँको भनाई । बागलुङ बजार स्थापना संगै भदौरे नाँचहरु देखाउन थालिएको भएकाले बागलुङ बजारको इतिहाससंग यस्ता नाँचहरु जोडिएकाले संरक्षणमा सबैले पहल गर्नुपर्ने राजभण्डारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *