गणेश थापाको स्वास्थ्यमा गम्भिर समस्या : उपचारमा एक करोड खर्च लाग्ने


आदर्श अनलाइन, बागलुङ
बागलुङका सामाजिक व्यक्तित्व गणेश थापाको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएको छ । थापाको मेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि उपचारमा एक करोड खर्च लाग्ने भएको छ ।
बागलुङ नगरपालिका–९ तित्याङका पूर्व वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि बागलुङका उपसचिव तथा विभिन्न सामाजिक काममा सक्रिय थापाको मेरुदण्डको क्यान्सर भएको छ ।
एक वर्षदेखि स्वास्थ्यमा समस्या आइ उपचाररत थापाको दुई महिना अघिमात्रै काठमाण्डौ स्थित न्यूरो अस्पतालमा स्पाइनल कर्डमा र २ वटा रिब्समा भएको ट्युमरको शल्यक्रिर्या सम्पन्न भएको थियो ।

शल्यक्रिर्या पश्चात स्वास्थ्यलाभको अपेक्षा गरेपनि रोगले थप जटिलता आएपछि नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, काठमाण्डौ क्यान्सर अस्पताल भक्तपुर हुँदै भारतको दिल्लि स्थित राजिव गान्धि क्यान्सर सेन्टरमा उपचारका लागि पुग्नुभएको थियो । थापाको उपचार उपरोक्त अस्पतालमा संभव नभएपछि पुन भारतको चेन्नै स्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचारका लागि राजिव गान्धि अस्पतालले सिफरिस गरेका थियो ।

त्यहाँ उपचार संभवन भएपनि नेपाली एक करोड खर्च लाग्ने भएकाले आफ्नो क्षमताले नभ्याएका कारण सहयोगको अपिल गरेको बताउनुभयो । उहाँले उपचारपछि बाच्ने संभावना ८० प्रतिशत भन्दा बढी भएकाले सहयोगको अपिल गरेको जानकारी दिनुभयो ।

“मैले यसरी सहयोगको अपिल गरम्ला भनेर सोचेकै थिएन, जिन्दगीमा नसोचेको हुँदो रहेछ, मेरुदण्डको क्यान्सरको दोस्रो चरणमा पुगिसकेको चिकित्सकबाट सुझाव पाए, उपचारमा नेपाली ८० लाख खर्च लाग्ने र अन्य औषधी लगायतको व्यवस्थापनमा गरी रु. एक करोड खर्च लाग्ने अनुमान भएको छ” थापाले भन्नुभयो “बाच्ने आशा सबैमा हुन्छ, एक पटक बागलुङ फर्केर सबैलाई अपिल गर्छु भनेर अएको हु, हाल सम्म उपचारमा १० लाख खर्च भइसकेको छ ।”

उहाँले आफ्नो क्षमता भन्दा बढी खर्च लाग्ने भएकाले सहयोगको अपिल गर्न बाध्य भएको बताउनुभयो । थापा राजनीति संगै मगरसंघको नेतृत्वदायी भुमिका, रोटरी क्लब बागलुङ, नेपाल नेत्रज्योती संघ लगायतका विभिन्न क्षेत्रमा क्रियाशिल थापा व्यवसायि समेत हुनुहुन्छ ।

आफ्नो उपचार आफ्नै खर्चले गर्ने निर्णय अनुसार अगाढी बढेपनि क्यान्सरको जटिलता र उपचारमा खर्चको परिधि क्षमता भन्दा बाहिर भएका कारण सहयोगको अपेक्षा गरिएको उहाँको भनाई छ ।
उपचारका लागि चन्द्र बहादुर थापा मगरको संयोजकत्वमा गणेश बहादुर थापा मगर सहयोग समिति गठन गरिएको छ । समितिमा १० जना सदस्य रहेका छन् ।

समितिले थापालाई तत्कालै उपचारका लागि भारतको चेन्नै स्थित एपोलो प्रोटोन क्यान्सर सेन्टर पठाउने र बागलुङ सहित देश विदेशमा सहयोग संकलन अभियान चलाइने जनाएको छ ।
समितिको सदस्यमा गण्डकी प्रदेशसभासदस्य कुशुम बुढा, धन बहादुर परियार, अगम कुमार पालिखे, रामकृष्ण शर्मा, श्याम पुन, बल बहादुर खड्का, प्रकाश थापा, मन बहादुर थापा, पुनम प्रसाद शर्मा र प्रेम थापा रहनुभएको छ । सहयोग गर्न चाहने महानुभावका लागि सामाजिक व्यक्तित्व थापाको श्रमिती गिता थापा मगरको नाममा रहेको ग्लोबल आइएमइ बैंक बागलुङ शाखाको खाता नम्बर ०१२०७०१०२०७४८५ उपलव्ध गराइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *