बालत्कारका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

आदर्श अनलाइन, बागलुङ
बलात्कार कसुरमा सर्वोच्च अदालतले कैद सजाय फैसला गरेका फरार प्रतिवादीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।

२३ र २८ वर्षीया दुई महिलालाई वि.सं. २०७१ साल भदौ १० गते बलात्कार गरेको अभियोग लागेका गलकोट नगरपालिका–३ का ३४ वर्षीय नारायण दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । पीडित पक्षले दर्जी विरुद्ध वि.सं. २०७१ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

सर्वोच्च अदालतले बलात्कार कसुरमा दर्जीलाई ०७९ माघ १५ गते २ वर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो । दर्जीलाई पक्राउ गरि लगत कट्टाको लागि जिल्ला अदालत बागलुङ पठाईएको प्रनाउ केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

preload imagepreload image