सामुहिक नृत्य प्रतियोगिताको उपाधि अमर आर्दशलाई

आदर्श अनलाइन, बागलुङ
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी क्याम्पसले आयोजना गरेको तिज विशेष सांस्कृतिक कार्यक्रम तथा सामुहिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । सामुहिक नृत्य प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कूल प्रथम, चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कूल द्वितीय, धौलागिरी बहुमुखी क्याम्पस बिबिए तृतीय र न्यु ओइसिस एकेडमी स्कुल सान्त्वना भएका छन् ।

प्रतियोगितामा १४ समुहको सहभागिता रहेको स्ववियु कोषाध्यक्ष सृष्टि आचार्यले जानकारी दिनुभयो । सो अवसरमा क्याम्पसबाट उत्कृष्ट नतिजा ल्याउने प्रतीक्षा गौतम लगाएका विद्यार्थीहरु र अतिरिक्त क्रियाकलामा बिजेताहरुलाइ पुरस्कार तथा सम्मान गरिएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले धौलागिरी क्याम्पस प्रदेशकै उच्च शिक्षाको धरहोर भएकाले व्यवसायिक अध्यनको लागि विकास गर्नु पर्ने बताउनुभयो । पछिल्लो समय क्याम्पसको शैक्षिक गुणस्तरमा वृद्धि हुँदै गएको भन्दै यस थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो । अबको शिक्षा व्यवहारिक, वैज्ञानिक र आधुनिकी प्रविधियुक्त हुनु पर्ने भन्दै क्याम्पसलाई सहयोग गर्न नगरपालिका सधै तत्पर रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा दिन बहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद शर्मा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, पूर्व क्याम्पस प्रमुख गोबिन्दराज गौतम, निवर्तमान स्वतन्त्र विद्यार्थी युनियन सभापति मन बहादुर थापा (मनिष), प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, त्रिवियु प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी संघका सभापति शिवराज पन्त, नेविसघका जिल्ला अध्यक्ष विषेश पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष रोशन जिसी, अखिल क्रान्तिकारीका केन्द्रीयय सदस्य जीवन शर्मा, मगर विद्यार्थी धौलागिरी क्याम्पसका सचिव मोती प्रसाद पुन लगाएतले बोलेका थियो ।

कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी क्याम्पसका सभापति सुदिप सागर कँडेलको अध्यक्षता, स्ववियु उपाध्यक्ष दिपक सुवेदीको स्वागत, सचिव अनिल शर्मा र कोषध्याक्ष सृष्टि आचार्यको संचालनमा सम्पन्न भएको थियोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *