बागलुङमा दोस्रो तीज मेला सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा दोस्रो तीज मेला सुरु भएको छ । गुठी युवा क्लव बागलुङले आयोजना गरेको मेलाको उत्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएको बताउनुभयो । मौलिक संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो । केही वर्ष यता पश्चिमा संस्कृतिको प्रभाव पर्दै जाँदा स्थानीय रीतिरीवाज ओझेलमा परेको खड्काले बताउनुभयो ।

जीत पर्वलाई परम्पराग रुपमै मनाउनु पर्ने भन्दै अहिले विकृत बन्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो । युवा परिवर्तनको संवाहक भएको भन्दै अब पुराना परम्परालाई संरक्षण गर्दै आधुनिकतालाई अङ्गाल्दै जानु पर्नेमा जोड दिनुभयो । बागलुङमा थुप्रै प्रकारका मौलिक परम्परा रहेको भन्दै अहिले कम मात्रा देख्न सकिने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका–३ का अध्यक्ष सनी केसी, वडा नम्बर दुईका अध्यक्ष सुरज बोसेल, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष लिलादेवी खड्का लगायतले मन्तव्य राख्नु भएको थियो । गुठी युवा क्लवले तीजका अवसरका प्रतियोगितात्क तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम गुठी युवा क्लवका अध्यक्ष उमेश मिजारको अध्यक्षता सचिव सुवास रुचालको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *