कांग्रेस परिवर्तन हुन जरुरी छ–सहमहामन्त्री आङ्देम्बे

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस परिवर्तन हुनुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (क) ले आयोजना गरेको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सह–महामन्त्री आङ्खेम्बेले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि जनस्तरबाटै नेता कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनुभयो । कांग्रेसले गरेका कामका बारेमा नेताले जनतालाई बुझाउन नसकेको उहाँको भनाइ थियो ।

अहिले कांग्रेसको गठबन्धन गर्ने रहर नभएको बताउँदै लोकतन्त्र र संविधानलाई थप मजबुत बनाउनका लागि गठबन्धन गर्नु परेको बताउनुभयो । अहिलेको सरकार भ्रष्टाचार न्यनिकरण र जनताको समस्या समधान गर्न तर्फ गम्भीर भएर लाग्न नसकेको उल्लेख गर्नु भयो । भ्रष्टाचारमा मुछिएका कुनै पनि व्यक्तिलाई कांग्रेसले संरक्षण नगर्ने भन्दै सरकारलाई पूर्ण रुपमा समर्थन गर्ने सह–महामन्त्री आङ्खेम्बे बताउनुहुन्छ ।

सहमहामन्त्री आङदाम्बेले भन्नुभयो – “कांग्रेस अब परिवर्तन हुनैपर्छ, त्यो परिवर्तित कांग्रेस जनाताले सुनिने, देखिने र यसले गरेका कामले जनाता सन्तुष्ट हुनु पर्छ, यो नेपाली कांग्रेस कुनै धर्म विशेषको, कुनै जाति विशेषको नभई युवाको, गरिबको, तराई, पहाड, हिमाल र सबै नेपालीको पार्टी हो, अहिले सरकारमा गठबन्भन गरेर गएका छौँ, गठबन्धन गर्नु पर्ने कांग्रेसको बाध्यता हो ।”

स्थानीय जनप्रतिनिधि जनताप्रति उत्तरदायि नभएको गुनासो बढ्दै गएको भन्दै जिम्मेवार भएर विकास निर्माणमा सक्रिय बन्न आङदाम्बेले आग्रह गर्नु भयो । जनताको समस्यालाई बेवास्ता गर्न कुनै पनि जनप्रतिनिधिलाई छुट नभएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *