दूधमा आत्मनिर्भर बनाउन सहकारीको भूमिका उल्लेख्य : उपसभामुख थापा


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशसभाका उपसभामुख बिना कुमारी थापाले सहकारी मार्फत दूधको बजारीकरण गर्दा आत्मनिर्भरमा सहयो पु¥याएको बताउनुभयो । बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला बनाउन दूग्ध सहकारीको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ ।



जिल्लाका एक हजार भन्दा बढी किसानको १४ दूग्ध उत्पादक सहकारी मार्फत संकलन भइरहेको दूधको बजारीकरण गर्दै आएको बागलुङ दूग्ध उत्पादक सहकारी संघको २२ औं वार्षिक साधारणसभाको उद्घाटनपछि बोल्दै उपसभामुख थापाले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर जिल्ला हुनु गौरवको विषय भएको बताउनुभएको छ ।



उहाँले सहकारीमार्फत दूध तथा दूध जन्य पदार्थको बजारीकरणले दूधका किसानहरुलाई समेत प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । “सहकारी मार्फत बजारको ग्यारेण्टी गर्दा दूग्ध किसानहरुले दूध उत्पादनमा हौसला पाएका छन्” उपसभामुख थापाले भन्नुभयो “सहकारी मार्फत संकलन र बजारीकरण गर्दा दूधको उत्पादन बागलुङमा बढेको पाइन्छ, राज्यले गर्ने काम सहकारीले गर्न सफल भएको छ, रोजगारी सृजना भएको छ, राज्यको मापदण्डमा रहेर गुणस्तरीय दूध विक्रि आजको आवश्यकता रहेको छ ।”

दैनिक दुई हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको दूग्ध सहकारी संघले दूध संगै दूग्ध जन्य सामाग्रीहरु पनिर, घ्यू, आइसक्रिम, खुवा र छुर्पी समेत उत्पादन गदै आइरहेको बागलुङ दूग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।
सहकारीले आर्थिक वर्ष २०७९÷८० मा मात्रै रु. ७ करोडको दूध खरिद गरेको छ । उक्त रकम गाउँका दूग्ध किसान समक्ष सोझै पुगेको हो ।



साधारणसभामा बागलुङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋािराम सापकोटा, राष्ट्रिय सहकारी महासंघकाका सञ्चालक हुमा कुमारी जिसी अन्जु, संघका संस्थापक युक्त कंडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, कृषि विकास बैंकको शाखा प्रमुख पदमलाल पुरी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, उपभोक्ता योगनाथ कंडेल, गाजा दुग्ध उत्पादक सहकारी संस्थाका मिन कंडेल लगायतले शुभकामान मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीले उत्कृष्ट दूधको कारोबार गर्ने १४ दूग्ध सहकारी र दूधको खपत गर्ने व्यवसायीहरुलाई सम्मान गरेको थियो । कार्यक्रम संस्थाका सचिव राम बहादुर हमालको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सञ्चालक केशव प्रसाद कंडेलको स्वागत तथा सञ्चालक गोविन्द प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *