स्वास्थ्य क्षेत्रको दरबन्दी थप्छौं : स्वास्थ्य मन्त्री बस्नेत


आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ क्षेत्रमा दरबन्दीको समस्या व्यापक रहेको बताउदै सरकारले दरबन्दी थप गर्न थालेको बताउनुभयो । उहाँले पहिलो दरबन्दी, दोस्रो उपकरण र तेस्रो भौतिक संरचना भएमा मात्रै स्वास्थ्य क्षेत्र गुणस्तरीय बन्ने बताउनुभयो ।

शनिबार बागलुङ नगरपालिकाले आयोजना गरेको स्वास्थ्य सम्बन्धी अनतरक्रिर्या तथा दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी ३० वर्ष अघिकै रहेको बाताउनुभयो ।

उहाँले सरकारले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रलाई बजेट विनियोजन गर्न आवश्यक रहेको बताउदै अहिले स्वास्थ्यमा बजेट अभाव रहेको बताउनुभयो ।

“दरबन्दी नभए कसरी उपचार हुन्छ, ३० वर्ष पुरानो दरबन्दीलाई थप्न थालेका छौं, स्थानीय तहमै पुग्नेगरी केही उपकरण पठाउने सरकारको तयारी छ, नपुगेका भवनहरु विस्तारै बनाछौं, अन्नत सरकारको लक्ष्य स्वास्थ्य र शिक्षा निःशुल्क हो” मन्त्री बस्नेतले भन्नुभयो “सिमित बजेटमा अधिकतम काम स्वास्थ्य क्षेत्रमा भइरहेको छ, स्वास्थ्यकर्मीहरु लगनशील भएर काममा लाग्नुहोस, पूर्वाधार र उपकरणमा हामी लगानी गछौं ।”

बस्नेतले धौलागिरी अस्पतालमा डाइलासिस सेवा विस्तारका लागि ५ वटा डाइलासिस मेशिन थप गरेको बताउनुभयो । उहाँले बागलुङ नगर अस्पताललाई छिट्टै उपकरण थप गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री बस्नेतले सरकार स्वास्थ्य क्षेत्रमा संवेदनसिल रहेको भन्दै स्वास्थ्य क्षेत्रका समस्या छिट्टै समाधान गरीने बताउनुभयो ।

मन्त्री बस्नेतलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाको स्वास्थ्यका समस्या सेमिटएको माग पत्र बुझाउनुभएको थियो ।
यस्तै स्वास्थ्यमन्त्री बस्नेतले धौलागिरी अस्पताललाई ५ थान डाइलासिसि उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

मन्त्री बस्नेतलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाको स्वास्थ्यका समस्या सेमिटएको माग पत्र बुझाउनुभएको थियो ।यस्तै स्वास्थ्यमन्त्री बस्नेतले धौलागिरी अस्पताललाई ५ थान डाइलासिस उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *