आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

खेमराज गौतम, बागलुङ
दसैँंको छेको पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीय स्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधनहरु पुग्न थालेका छन् । मोटरसाइकलमा समेत पर्यटकहरु पुग्नेको संख्या उत्तिकै छ ।

दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसावले महत्वपूर्ण मानिदै आएको छ । दसैँं तिहारको समयमा आन्तरिक पर्यटकहरुले पर्यटकीयस्थलहरु चलायमान हुँने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाईमा पर्ने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको हो ।

कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन भएपनि सडकमार्गको पहुँच र प्रचार प्रसारका यस पटकको दसैँं अघि र दसैँं पछि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप देखिएको हो । दसैँं शुरु हुनुभन्दा अघि र दसैँंको टिकाको भोलीपल्टदेखि ढोरपाटनमा आन्तरिक पर्यटकहरुको चाप बढी भएपछि होटल तथा घरवासहरु भरिभराउ भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिनुभयो ।

“दसैँंको टिकाको पर्सीपल्ट ६० वटा भन्दा बढी चारपाङ्ग्रे सवारीसाधनहरु ढोरपाटन पुगेका थिए, पर्यटकको संख्या ढोरपाटन सिकार आरक्षले राख्छ, तर अहिले ढोरपाटनमा खोलिएको २२ वटा भन्दा बढी होटल तथा घरबासमा पर्यटकहरुले भरिएको जानकारी लिएको छु, कतिपय पर्यटकहरु ढोरपाटन नपुगेर बोबाङमै बास बसेका समेत छन्” कायतले भन्नुभयो “ढोरपाटनमा यो चाडवाडको समयमा अहिले सम्मकै धेरै पर्यटकहरु आएको अनुमान छ, यस्को मुख्य कारण प्रचार प्रसार नै हो ।”

कायतका अनुसार ढोरपाटनमा असोज १५ र १६ गते नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय बैंठक आयोजनापछि धेरै स्थानमा ढोरपाटनको महत्वले थप व्यापकता पाएको छ । तीन दिनदेखि ढोरपाटनका सबैं होटल तथा सामुदायिक घरबासहरु आन्तरिक पर्यटकहरुले भरिभराउ भइरहेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताउनुभयो ।

“कात्तिक लागेपछि दसैँंको दिनमा बाहेक मेरो होटलमा पाहुँनाको कमी छैन, अन्य होटल तथा सामुदायिक घरबासमा समेत लगातर तीन दिनदेखि भरिभराउ छ, यहाँका होटल व्यवसायीहरु उत्साहित बनेका छन्, दसैँं र तिहारको सिजनमा यति धेरै पर्यटकह पहिलोपटक ढोरपाटन आएको हाम्रो अनुमान छ” पौडेलले भन्नुभयो “ढोरपाटनको प्रचार प्रसार र पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकका कारण ढोरपाटनमा पर्यटक बढेको पाइयो, ढोरपाटनमा जनैपूर्णिमाको दिन सबैभन्दा बढी पर्यटकहरु आउछन् तर घुम्नका लागि दसैँं पछि निकैं आन्तरिक पर्यटकहरु यहाँ आएको पाइयो ।”

पौडेलका अनुसार ढोरपाटनमा बागलुङ सहित छिमेकी जिल्ला म्याग्दी, पर्वत सहित पोखरा, गुल्मी, चितवन र नारायणगढ लगायचतको स्थानबाट बढी मात्रमा पर्यटकहरु आएको पाइएको छ । सिकार आरक्षमा सिकार खेल्न विदेशी पर्यटहरु दुई याममा ढोरपाटनमा सिधै हेलिकप्टर मार्फत आउने भएकाले ढोरपाटन उपत्यका आन्तरिक पर्यटककै भरमा छ ।

गत आर्थिक वर्षमा सात हजार ६ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । जसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । दसैँं तिहारमा फूर्सदको समयलाई सदुपयोग गर्न समेत पर्यटकीय स्थलमा घुम्न जाने संस्कारको विकास भइरहेको छ ।

आन्तरिक पर्यटकहरु ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । त्यसमध्ये ढोरपाटन शिकार आरक्ष भित्रैको जलजला पुग्ने पर्यटकको लर्को रहेको दसैँंको भोलिपल्ट ढोरपाटन घुम्न गएका आन्तरिक पर्यटक नारायण रिजालले बताउनुभयो ।

त्यहाँ पुगेका पर्यटकहरु घोडा सफारी र बाईक मार्फत जलजला पुग्ने गरेको रिजालको भनाई छ । जलजलाबाट एक दर्जन हिम ऋङ्खलाहरु देख्न पाइने उहाँको भनाई छ । ढोरपाटनमा विदेशी सिकारीहरु भने नाउर र झारलको वैधानिक सिकार खेल्न आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *