पर्यटन प्रर्बद्धनका लागि ‘बुलेट राइड’को समूह ढोरपाटनमा


खेमराज गौतम , बागलुङ

पर्यटन प्रर्बद्धनका लागि काठमाण्डौबाट बुलेट राइडरहरुको समूह शनिबार साझा ढोरपाटन आएको छ ।

नेपालको आन्तरिक पर्यटन प्रर्बद्धन गर्दै आएको उक्त समूहले यस पटक ढोरपाटनलाई रोजेको हो । उनिहरुको यात्रा छ दिन लामो रहेको छ ।

४० बुलेट बाईकमा ४५ जना ढोरपाटनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमख कल्याण कायतले जानकारी दिनुभयोे । उहाँले पर्यटकहरुसंग सिधा सम्पर्क गर्न खोजेको बताउदै ढोरपाटन भ्रमण रोज्नुभएकोमा बुलेटराईडप्रति सामाजिक सञ्जालबाट मेत आभार व्यक्त गर्नुभएको थियो ।
उनिहरु दुई दिन पहिले काठमाडौं देखि हिडेका थिए । बुलेट बाईकप्रेमीहरुलाई ढोरपाटन ल्याउने योजना अनुसार ढोरपाटन सिकार आरक्षसम्मको ६ दिने राइड सञ्चालन भएको हो ।

दशैंबिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक प्रर्बद्धन गर्ने गरी बुलेट बाइकहरू समावेश गरी ६ दिने राइड सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिनुभयो । उहाँले शुक्रबारबाट काठमाण्डौंबाट शुरुभएको यात्रा पोखरा हुँदै ढोरपाटन पुगेर कात्तिक १५ गते पुनः काठमाण्डौ फर्कर्ने बताउनुभयो ।

“धेरै पर्यटकहरुले मुस्ताङलाई रोजेको पाइयो, तर निकै संभावना भएर समेत ओझेलमा परेजस्तो लाग्यो हामीलाई ढोरपाटन” बुढाथोकीले भन्नुभयो “यो वर्षको बुलेट राईड योजनामा ढोरपाटन पुग्ने योजनाका साथ आएका छौं, हाम्रो मुख्य उदेश्य पर्यटन प्रर्बद्धन नै हो ।”

उहाँका अनुसार पहिलो दिन काठमाडौंदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाँचौँ दिन पोखरामा रिफ्रेसमेन्ट र छैटौँ दिन पोखरादेखि काठमाडौं आई उक्त कार्यक्रम समाप्त हुनेछ ।

सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा पनि ३ वटा पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आउनुभएको छ । यसभन्दा अघिल्लोपटक भारतको सिक्किम ग्यान्टोसम्म राइड सञ्चालन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *