बागलुङमा सरकारी सवारी साधन दुरुपयोग बढ्दो

आदर्श अनलाइन, बागलुङ
बागलुङमा सरकारी सवारीसाधनको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारी साधनको दुरुपयोग बढेपछि धमाधम कार्वाहीको दायरामा ल्याउन थालेको छ । जिल्लामा सार्वजनिक बिदाको दिन समेत सम्बन्धीत निकायबाट अनुमती नलिई सरकारी सवारीसधान प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियतका साथ कार्वाही गर्न थालेको छ ।

असोज महिनाको महिनाभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ वटा सरकारी सवारीसधान कार्वाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारीसाधनको समेत चेकजाँचमा कडाई गरिएको हो ।

सरकारी सवारी सधान लिएर पर्यटकीय स्थल हिडेको, घुम्न हिडेको र बिनाकाममा सरकारी सवारीसाधनहरुको प्रयोग बढेपछि कार्वाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारीसाधन बढी दुरुपयोग भएको प्रहरीको भनाई छ ।

असोज महिनाको तीन दिनमा मात्रै १६ वटा सरकारी सवारीसाधन मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख बरिष्ठ प्रहरी सहायक निरीक्षक मिन बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काले असोजको ३ गते, असोजको ६ गते र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिएर कार्वाही गरेको बताउनुभयो । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाईकल रहेका छन् । तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारीसाधनको कार्वाहीबाट तीन दिनमै १६ हजार राजश्व संकलन भएको छ ।

“सरकारी सवारीसाधन दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ–ठाउँमा सरकारी सवारीसाधनहरुको चेकजाँच गर्दै आएका छौं, खासगरी दशैं शुरु भएपछि बढी सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ” ट्राफिक प्रहरी प्रमुख खड्काले भन्नुभयो “जिल्ला प्रशासनको अनुमती बिना सञ्चालनमा आएरका सरकारी सवारीसाधनलाई होल्ड गरेर रु. एक हजार जरिवाना गरिएको छ, यो अभियान आगमी दिनमा समेत निरन्तरता पाउनेछ ।”

खड्काका अनुसार अन्य समयमा सार्वजनिक र नीजि सवारी साधनको चेकजाँच बढाएपनि सार्वजनिक बिदाको समयमा सरकारी सवारीसाधन लक्षित चेकजाँच गरिदै आइएको छ । खड्काका अनुसार बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमती बिनै प्रवेश गर्न खोजेका दर्जनौं सवारीसाधनलाई गन्तव्यमा पुग्न रोक लगाएर फकाईएको छ ।

पास बिना जिल्लामा सरकारी सवारी साधन प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाई छ । पछिल्लो समय धार्मिक पर्यटकीय स्थल, होटल तथा रेष्टुराँमा बिदाको समयमा समेत सरकारी सवारीसधानहरु देखिन थालेपछि ट्राफिक प्रहरीले कार्वाहीलाई तिब्रता दिन थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *