प्रहरीलाई चुनौती दिँदै फरार अभियुक्त सामाजिक सञ्जालमा सक्रिय

आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसहितका संचालक सेयर सदस्यको डेढ अर्ब रुपैयाँ अपचलन गरि फरार भएको महिनौँ बितिसक्यो । प्रहरीले हालसम्म तीन जनालाई मात्र पक्राउ गरेको छ । सहकारीका बागलुङ शाखा प्रबन्धक शक्ति किसान, लेखापाल लालमती रोका र संचालक चित्रबहादुर भण्डारी अहिले थुनामा छन् ।

ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १० जना अझै फरार छन् । सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाही कहाँ छन् भन्ने पत्ता लागेको छैन । उनीहरु विरुद्ध गत असार २५ मा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

फरार संचालक मध्ये कोषाध्यक्ष लक्ष्मी सेन भने सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय देखिन्छिन् । हरेक दिन उनका भिडियोहरु टिकटकमा आइरहन्छन् । फरार प्रतिवादि सेनले प्रहरीलाईनै चुनौती दिँदै खुलेआम भिडियो पोस्ट गरि रहेकि छिन् । उनले कहिले एक्लै त कहिले उनका श्रीमान सुनिल सुनारसँगका भिडियोहरु टिकटकमा हालि राखेकी हुन्छिन् । उनले पोस्ट गरेका भिडियोहरुमा विभिन्न व्यक्तिहरुले नकरात्मक टिप्पणीसमेत गरेका छन् ।

सेनले ति टिप्पणीमा प्रतिक्रिया दिनेदेखि मेटाउनेसमेत गरेको देखिन्छ । उनका श्रीमान सुनिलले भने निसीखोला गाउँपालिका–४ झिवाखोलामा सुन व्यवसाय गर्दै आएका छन् । सुनिल पनि समय–समयमा लक्ष्मीलाई भेटन् जाने गएको पाइएको छ । इमेज पीडित शेखर खड्काले फरार प्रतिवादी यसरी दिनदिनै सामाजिक सञ्जालमा सक्रिय हुँदा पनि प्रहरीले पक्राउ गर्न नसक्नु शंकास्पद भएको बताए । पीडितहरुले प्रहरीलाई समाजिक संजालमा सक्रिय भएको प्रमाणसमेत दिँदा समाउन नसकेको खड्का बताउछन् ।

उनी भन्छन् – “हामीहरुले प्रहरीलाई पटक–पटक जानकारी गरायौँ तर प्रहरी अवगतनै नभए जस्तो गर्नु हुन्छ, उहाँहरुले तीन जनाले समातेर अरु सकिए जस्तो गर्नुहुन्छ, हामीहरुले धेरै पटक ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन, यो प्रहरी प्रशासनको लाचारपन हो, नभागेका मान्छेलाई समाएर भागेकालाई समाउन सकेन, घरमा बसेकालाई समाएर प्रहरीले काम देखाउन खोजेको देखिन्छ सामाजिक संजालमा खुलेआम रमाइ रहेको छ, प्रहरीले नचाएर हो, चाह्यो भने समाउन सक्छ ।”

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले परार प्रतिवादीलाई प्रहरीले खोजी कार्य जारी राखेको बताउनुभयो । सहकारीका संचालकले एक अर्ब, ३१ करोड २८ लाख ४९ हजार ४३८ रुपैयाँ हिनामिना गरेको पाइएको छ । यस बारेमा जिल्ला प्रहरी कार्यालय बागलुङसँगै माथिल्लो निकाय साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि खोजताल भइरहेको केसीको भनाइ छ । संचालक विरुद्ध १५४३ वटा जायरी दर्ता भएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *